spot_img

गठबन्धनका साथ सरकारमा जाने लोसपाको निर्णय

spot_img
spot_img

काठमाडौं,२७ मंसिर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको आगामी सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा चुनावी तालमेलका कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने शीर्ष नेताहरुले निर्णय गरेका हुन् ।

वरिष्ठ नेता शरतसिंह भण्डारीले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो ।’ अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने उनले बताए ।

 

निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक भएपछि लोसपाको बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णय गरिने उनले बताए

spot_img

ताजा अपडेट

लोकप्रिय