बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

डिभी परेर दमौलीका अमेरिका गएका एक नेपालीको गोली हानी हत्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो ।

- Advertisement -

लामिछाने तनहुँको दमौलीका हुन् । तर उनी आठ वर्ष अघि (सन २०१४) मा डिभी परेर अमेरिका पुगेका थिए।

बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनलाई लागेको हो । र, उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

- Advertisement -

५३ वर्षका लामिछानेमाथि गोली चलाउने अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

गोली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्रहरीले जनाएको छ। लामिछानेको चार सन्तान रहेको बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -