spot_img

विश्वासको मतबारे प्रधानमन्त्रीले गरे माधव र उपेन्द्रसँग छलफल, नेताहरू सकारात्मक

spot_img
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता भएको छ।

आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताहरूले भेट गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भेटमा विश्वासको मत लिनेबारेमा छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको बताए।

त्यस्तै, जसपा अध्यक्ष यादवले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय