‘हामी कता जाँदैछौं ?’ – पूर्व प्रधानमन्त्री डा. भट्टराई

spot_img

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिप्रति टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, “संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट, जनसरोकारका मुद्दा नास्ति, यही हो लोकतन्त्र ? हामी कता जाँदैछौं ?” आम निर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तनलाई उनले ‘नास्ति’ भनेका छन् ।

उनको ट्वीटमा लेखिएको छ, “आम निर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तन, गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादाम्य नास्ति ! दल र नेताहरुको निम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा । संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट । जनसरोकारका मुद्दा नास्ति ! यही हो लोकतन्त्र ? हामी कता जाँदैछौं ?”

spot_img

ताजा अपडेट

लोकप्रिय