spot_img

एन्टाले यस वर्ष पनि हर्षोउल्लासका साथ मनायो होली- फोटो फिचर

spot_img
spot_img

सिड्नी -अशोसियसन अफ नेपाल तराई ईन अस्ट्रेलिया (एन्टा)ले यस वर्षको होली विभिन्न सास्कृतिक कार्यक्रमा गरेर हर्षोउल्लास साथ सम्पन्न गरेको छ।

सिड्नीको रक्डेल स्थित इन्द्रेणी फंगसन सेन्टरमा आयोजना भएको कार्यक्रममा नेपाली लगायत अन्य समुदायको पनि उल्लेखनिय उपस्थिति रहेको थियो।

कार्यक्रममा भ्वाईस अफ नेपाल २०२२ कि निकै चर्चामा रहेकी गायिका बर्षा इटानी, भ्वाईस अफ नेपाल २०१९ का आरिफ राउफ़, भोजपुरी गायक सुनिल पण्डित, गायक रमण रेग्मी, धर्मेन्द मिलन एंड ग्रुप नामक फिजियन ब्यान्ड, नाच मिलन डान्स ग्रुप लगायतले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई झुमाएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा कनसोलेट जेनरल अफ नेपाल दिपक खड्का, गैर आवासीय संघ अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, गैर आवासीय संघ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, सीताराम घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य दिने क्रममा नेपालीहरु बीच एकता र सम्बन्ध अझै बलियो बनाउनु पर्ने कुरामा जोड दिए।

एशोसिएसन अफ तराई इन अस्ट्रेलिया९एन्टा० ले हरेक वर्ष होली, छठ पुजा लगायतका पर्वहरु धुमधामका साथ मनाउॅंदै आईरहेको छ ।

विभिन्न सामाजिक कार्यमा समेत सक्रिय यस संस्था नेपालीहरु माझ निकै लोकप्रिय हुनुका साथै हजारौं सदस्य समेत रहेका छन्।
संस्थाका अध्यक्ष शुवांस साहको सभापतित्वमा भएको सो कार्यक्रमको उद्घोषण भने हेमन्त तामांग र उषा वरियाले गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय