बलिउड चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

spot_img

काठमाडौं । भारतीय कलाकार सतीश कौशिकको निधन भएको छ । अभिनेता तथा निर्देशक कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

उनको मृत्युबारे भारतीय कलाकारहरुले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका सतीश अभिनयका साथै निर्देशन, व्यंग्य, पटकथा लेखनमा समेत अब्बल थिए । उनले भारतीय चलचित्रमा आउनु अघि विभिन्न नाटकमा अभिनय गर्ने गरेका थिए ।

कौशिकले अभियन गरेका चर्चित फिल्महरुमा मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ हुन् ।

उनले अभिनयको दौडानमा सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड प्राप्त गरेका थिए ।

त्यस्तै उनले १९९३ बाट चलचित्र निर्देशनका काम थालेका थिए । उनले पहिलो पटक निर्देशन गरेको चलचित्र रूप के रानी चोरोंका राजा हो ।

त्यस्तै ‘हम आपके दिलमे रहेते है (१९९९)’ र तेरे नाम (२००३) जस्ता फिल्मको निर्देशन उनले गरेका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय