जनकपुरधाममा आयोजित इन्टर कलेज क्रिकेटको उपाधि मोनास्टिक कलेजलाई

spot_img

जनकपुरधाम, चैत ९ । जनकपुरधाममा सम्पन्न इन्टर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मोनास्टिक कलेजले जितेको छ।

 

बिहीबार रंगभूमि मैदान बाह्रविघामा भएको फाइनल खेलमा मोनाष्टिकले बीपी मेमोरियल कलेजलाई एक विकेटले पराजित गर्दै उपाधि जितेको हो।

टस जितेर ब्याटिङ गरेको बीपी मेमोरियलले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १०० रन बनाएको थियो। बीपीका लागि पवन सर्राफले ३२ र केशव झाले २१ रन बनाएका थिए।

 

बलिङमा मोनास्टिक सिद्धान्त लोहनीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन दिएर चार विकेट लिए भने रुपेश सिंहले एक मेडनसहित चार ओभरमा सात रन खर्चेर दुई विकेट लिए।

 

१०१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको मोनास्टिकले १८ ओभर ४ बलमा नौ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। मोनास्टिकका लागि रञ्जित यादवले २२ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए।

 

बलिङमा बीपीका पवन सर्राफले दुई र राहुलप्रसाद चौधरीले दुई विकेट लिए। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोनास्टिकका सिद्धान्त लोहनीलाई म्यान अफ द म्याच भए।

 

यस्तै, प्रतियोगिताको एमर्जिङ प्लेयर मिट कलेजका तेजस मण्डल, बेस्ट बलर र म्यान अफ द सिरिज बीपीका अखिलेश ठाकुर, बेस्ट किपर राजर्षी जनक क्याम्पसका अकबर अली, क्याच अफ द टुर्नामेन्ट विक्रान्त यादव, बेस्ट फिल्डर नागेन्द्र अधिकारी र फेयर प्लेयर मिट कलेजका खेलाडीलाई दिइएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय