शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

प्रादेशिक अस्पतालका निर्देशक डा. यादव जिम्मेवारीबाट हटाइयो

सिफारिस

जनकपुरधाम, चैत १० । प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. प्रमोद यादवलाई जिम्मेवारीबाट हटाइएको छ ।

- Advertisement -

 

निर्देशक डा. यादवलाई जिम्मेवारीबााट हटाएर सामाजिक विकास मन्त्रालयमा तानिएको हो ।

- Advertisement -

प्रादेशिक अस्पतालको ल्याबमा गलत रिपोर्ट दिएको पाइएपछि निर्देशक डा. यादव जिम्मेवारीबाट हटाइएका हुन् ।

 

मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा निर्देशक यादवलाई कारबाही स्वरुप सामाजिक विकास मन्त्रालयले जिम्मेवारीबाट मुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

 

मुख्यमन्त्री यादवले गत फागुन ३० गते मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. प्रमोद कुमार यादवलाई पदमुक्त गर्न निर्देशन प्रतिष्ठानका सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिताकुमारी साहलाई मौखिक निर्देशन दिएका थिए ।

 

मुख्यमन्त्री यादवले अस्पतालको छड्के अनुगमन गर्दा निर्देशकसहित अधिकांश चिकित्सकहरू अनुपस्थित रहेको पाइएपछि सामाजिक विकासमन्त्री साहलाई यस्तो निर्देशन दिएका थिए ।

 

मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको ल्याब प्रमुख परमेश्वर यादवलाई पनि गलत रिपोर्ट बनाउने कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएका थिए ।

 

प्रादेशिक अस्पतालको ल्याबबाट एउटै व्यक्तिको ब्लड ग्रुपको फरक फरक रिपोर्ट दिइएको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री यादवले अस्पतालको छड्के अनुगमन गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -