शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

बारामा उपनिर्वाचन लड्ने मैले निर्णय गरिसकेको छैन : उपेन्द्र यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनगढी ,१२ चैत।जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको तर त्यसबारे हाल सम्म आफूले कुनै पनि निर्णय नगरेको उनले बताएका छन् ।

- Advertisement -

जसपाले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले बारा, चितवन र तनहुँमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए ।

उनले भने “बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ । पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ, , ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन । मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।”

- Advertisement -

४ मंसिरमा अप्रत्यासित रूपमा चुनावमा पराजय व्यहोरेका यादवलाई उपनिर्वाचनमा मधेश केन्द्रित दलले मोर्चाबन्दी गरे जित कसरी सम्भव छ रु भनेर राखिएको जिज्ञासामा भने, ‘खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्को छोड्न हुँदैन । खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ ।’

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीचको एकताको मुख्य गाँठो कम्युनिस्ट पार्टी बनाउने वा समाजवादी भन्ने कुरामा अड्किएको जानकारीसमेत दिए ।

समाजवादी र जसपा एकता गर्ने सम्बन्धमा छलफल भएको हो तर मूल गाँठो नफुकेको बताउँदै उनले भने, ‘नेकपा छाडेर समाजवादी केन्द्र बनाए, अघि बढौं भन्ने कुरा राखेका छौं, उहाँहरू नेकपा छाडेर एकीकृत समाजवादी लिएर अघि बढ्नुभयो भने त्यो सम्भव छ ।’

जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र बीच समाजवादी मोर्चा बनाउने कुरा पनि अघि बढेको बताउदै उनले थप कुरा भविष्यमा थाहा हुने उल्लेख गरे ।

यादवले सरकारले केही दिनभित्रै पूर्णता पाउने समेत बताए तर भागबण्डाबारे भने खासै प्रतिकृया दिएनन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -