शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कैलाली,१२ चैत । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही महिनामै रिहा हुने दाबी गरेका छन् ।

- Advertisement -

आज धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट चौधरी रिहा हुने दाबी गरे । ‘रेशम चौधरीलाई रिहा गर्नु पर्छ । थरुहट आन्दोलन ले उठाएका मुद्दाहरु सम्बोधन गर्नुपर्छ, उनले भने, ‘ रेशम चौधरी केही महिना भित्रै रिहाइ हुने, सर्वोच्च अदालतले रिहाइ गर्छ भन्ने सम्भावना देखिन्छ।’

मुद्दाको प्रकृति हेर्दा उनी रिहाइ हुने सम्भावना रहेको यादवको दाबी थियो । अर्को प्रसङ्गमा उनले नेकपा एकीकृत समाजवादीसँग एकता हुन ढिलाइ हुनुको कारण पनि खोले ।

- Advertisement -

‘नेकपा एस र जसपाकोचीमा एकता गर्ने कुराहरू चर्चा परिचर्चामा अगाडी बढेको छ । एक दुई पटक छलफल भएको छ । धेरै कुरा मिल्छ एउटा समस्या छ जसपा समाजवादी पार्टी पार्टी हो अगाडी बढिसकेको छ’ उनले भने , नेकपा छोडेर एकीकृत समाजवादी मात्रै राखे एकता सम्भव छ ।’

राष्ट्रिय समस्याहरू समाधान गर्न संविधान संशोधन आवश्यक रहेको पनि उनले औँल्याए । यादवले केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने समेत दाबी गरेका थिए ।

उनले आफूले उपनिर्वाचन लड्न विषयमा अझै निर्णय गरि नसकेको समेत जानकारी दिएका थिए ।

‘तीन ठाउँमा उपनिर्वाचन हुन गइरहेको छ । बाराको बढी चर्चा छ । गठबन्धनबाट पनि संसद्मा आउनु पर्छ भनिरहनु भएको छ’ यादवले भने, ‘तर, हाम्रो पार्टी र गठबन्धनले अहिले सम्म कुनै निर्णय गरेको छैन । अघिल्लो पटक सरकारको दिशा स्पष्ट नभएका कारण हामी सरकारमा नगएका हौँ । अहिले सरकार ठोस कदममा अगाडी बढेको छ।’

प्रदेश सरकारहरूलाई अधिकार दिन नहुने यादवको जोड थियो ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -