अनलाइन ठगी कारोवारमा संलग्न २३ जना पक्राउ

spot_img

जनकपुरधाम, चैत २० गते ।धनुषा प्रहरीले अनलाईन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट २३ जनालाई नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो ।

पिडारी चोकमा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

 

पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय