जनकपुरधाम,बैशाख १६ । श्री जानकी नवमी को शुभ अवसरमा जनकपुरधामको मुजेलिया स्थित ब्रम्हाकुमारी ॐ शान्ति मिथिला वाटिकामा शान्ति स्तम्भको शिलान्यास गरिएको छ।
मधेस प्रदेश सांसद रामअशिष यादव,ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामका प्रमुख ब्रम्हाकुमारी श्रृजना ,ब्रम्हाकुमारी कमला ,ब्रम्हाकुमार जगदीश र ईश्वरी विश्व विधालयका जागेश्वर यादवले संयुक्तरूपमा शान्ति स्तम्भ को शिलान्यास गरेका छन।
मिथिला वाटिकामा १५ फिट चौडाई र २५ फिट उचाइ को शान्ति स्तम्भ निर्माण गर्न १२ लाख रुपैया खर्च हुने अनुमान गरिएको कुरा ब्रम्हाकुमार जगदीशले बताए।
जनकपुरधामको मुजेलियामा नवनिर्मित ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ईश्वरी विश्वविद्यालय ॐ शान्ति मिथिला वाटिकामा आवास भवन,गंगा सतसंग सभाकक्ष,तपस्या धामको निर्माण भैई सकेको र निर्माण कार्य हुन बांकी रहेको शान्ति स्तम्भ को निर्माण कार्य ३ महिना भित्र सम्पन्न हुने कुरा ब्रम्हाकुमार जगदीशले जानकारी दिएका छन्।

