जनकपुरधाम,वैशाख १६ । श्रीजानकी जन्मभूमि जनकपुरधामको पौराणिक दुधमति गंगा नदीको किनारमा जानकी नवमीको अवसरमा महाजानकी आरतीको आयोजन गरेका हुन।
करिब ९ वर्ष पुर्व जनकपुरधामको पवित्र सरोवर गंगासागरमा दैनिक महागंगा आरती संचालन भएको २ वर्ष पछि जानकी नवमीको शुभ अवसरमा वर्षको १ दिन बसपिटी स्थित दुधमति नदिमा जानकी आरतीको योजन हुदै आएको छ।
दुधमति गरिमा संरक्षण समिति र सेभ हिस्टोरिकल जनकपुरधाम महागंगा आरतीको संयुक्त आयोजन सम्पन्न भएको माता जानकी आरतीमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास,महागंगा आरतीका सुत्रधार प्रदेश सांसद रामअशिष यादव,नगर प्रमुख मनोज कुमार साह,सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष राज कुमार महासेठ सहित स्वच्छता अभियन्ता,स्थानीय बासीहरुको उल्लेखनीय सहभागिता रहेका कुरा दुधमति नदि सफाई अभियन्ता सुदिप मंडलले बताए।

