यसवर्षको जानकी नवमीलाई महामहोत्सवको रूपमा मनाईयो

spot_img

 

जनकपुरधाम, बैशाख १७ । जनकपुरधाममा जानकी नवमी भव्यतापूर्वक शनिबार सम्पन्न भएको छ ।आदर्श नारी सीताको जन्म भएको अवसरमा जानकी मन्दिरको आयोजनामा जानकी नवमी मनाउने गरिएको छ ।

 

मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ। वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रमसमेत गरेका थिए।

शनिबार बिहाने दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाइ सँगै मन्दिरमा दिव्य महा जानकी आरती आयोजना गरिएका छन ।

महागंगा आरतीका संस्थापक प्रदेश सांसद रामअशिष यादव,सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष अधिवक्ता राजकुमार महासेठ र गंगा अारतीका पुजारी हरुले जानकी माताको मंगलपाठ र संकल्प पुजन गरे लगत्तै दिव्य जानकी अारतीको शुभारम्भ गरिएको थियो ।

सेभ हिस्टोरिकल जनकपुरधाम र विश्व हिन्दु परिषद नेपालको संयुक्त अायोजना गंगा आरतीको पुजारीहरुद्वारा गरिएको महाजानकी आरती दर्शन गर्न जानकी मन्दिर प्राङ्गणमा श्रध्दालु भक्तजनहरुको ठुलो भिड लागेको थियो ।

 

प्रकृति ,संस्कृति संरक्षण ,पर्यटन प्रबर्द्धन र शान्ति समृद्धि मुख्य उदेश्य का साथ जनकपुरधामको पवित्र सरोवर गंगासागरमा २०७१ साल जेठ २५ गते गंगा दशहरा देखि दैनिक महागंगा अारती संचालन गरिएको छ।

शनिबार साँझ नगरबासी र विभिन्न हिन्दू संगठनहरुले दीप प्रज्जवलन गरी दीपावली मनाएका छन् । गौ संरक्षण मंच र ब्राह्मण समाज नेपाल, सखि बहिनपा समूहलगायतका संस्थाहरूले दीप प्रज्जवलन आयोजना गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय