जनकपुरधाम,बैशाख १७ ।
पर्यावरण योध्दा मधेस प्रदेशका प्रदेश सांसद रामअशिष यादवले पर्सा राष्ट्रिय निकुञ्ज को स्थलगत अवलोकन भ्रमण गरेका छन।
सो अवसरमा पर्यावरण रक्षक प्रदेश सांसद यादवले पर्सा राष्ट्रिय निकुञ्ज बाराका प्रमुख डा अशोक रामलाई चन्दन को बिरुवा प्रदान गरि सम्मान गरेका छन।
२०४० सालमा स्थापित पर्सा राष्ट्रिय निकुञ्ज को क्षेत्रफल ६ सय २८•३९ वर्ग किलोमिटर रहेको कुरा निकुञ्ज का प्रमुख डा रामले जानकारी दिएका छन।
अनुभवी कुशल निकुञ्जका प्रमुख डा अशोक रामको ज्ञान ,मेहनत र दक्षताले पर्सा राष्ट्रिय निकुञ्ज को मुहार परिवर्तन भैई पर्यटकहरु पनि निकुञ्ज भ्रमण गर्न अाकर्षित हुन थालेका छन।
बागमती प्रदेशको चितवन,मकवानपुर र मधेस प्रदेशको पर्सा जिल्ला को भाग अगोटे को पर्सा राष्ट्रिय निकुञ्ज मा नेपालको हाथि,गैडा, बाघ ,हरिण,गौरी गाई,निल गाई,चितुवा ,वन बिरालो सहित विभिन्न प्रजातिका स्तनधारी वन्यजन्तुहरुको सुरक्षित बास स्थान रहेको छ।
विश्वमा लगभग ५ हजार प्रजातिका स्तनधारी वन्यजन्तुहरु पाईन्छन भने छिमेकी मित्र राष्ट्र भारतमा लगभग ४०० प्रजातिका वन्यजन्तुहरु पाइन्छन् । प्राकृतिक साधन श्रोत का धनी नेपालको क्षेत्रफललाई तुलनात्मक रुपमा हेर्दा नेपालमा पाइने स्तनधारी वन्यजन्तुहरुमा निकै विविधता पाइन्छ ।यहाँ २०८ प्रजातिका स्तनधारी वन्यजन्तुहरु रहेका छन।
अान्तरिक र बाहिरी पर्यटकको अाकर्षणको केन्द्रको रुपमा विकसित गर्न का लागि संघीय सरकार र प्रादेशिक सरकारले योजना बनाएर पर्सा राष्ट्रिय निकुञ्जको भौतिक पुर्वाधार विकास ,वैज्ञानिक प्रविधि बाट निकुञ्ज को व्यवस्थापन का लागि अावश्यक बजेट विनयोजन गर्नु पर्ने देखिन्छ ।
एक समय “हरियो वन नेपाल धन” अहिले नारा मा सिमित रहेको अवस्थामा अक्सिजन बैंक वन जंगल समाप्ति संगै मानव सभ्यताको अन्त हुने सम्भावित खतराबाट बच्नका लागि चुरा भावर क्षेत्र हुदै मास्न बांकी रहेको चारकोसे झाडीको संरक्षण गर्नुपर्ने अावश्यक रहेको देखिन्छ ।
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा

