जनकपुरधामका कानून व्यवसायीहरु धर्नामा

spot_img

जनकपुरधाम, १७ बैशाख । समग्र न्यायपालिकामा भइरहेको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि जनकपुरधाममा दबाबमूलक कार्यक्रमको आयोजना गरिएको छ ।

 

विभिन्न ८ बुँदे मागसहित जनकपुरधामका कानून व्यवसायीहरु नेपाल बार एशोसिएशन जनकपुरधामको मूलगेटमा धर्नामा बसेका हुन् ।

केन्द्रीय बारको आग्रह अनुसार अहिले विभिन्न जिल्लामा आन्दोलन सुरु गरिएको र त्यसै क्रममा नेपाल बार एशोसिएशन जनकपुरले पनि आइतबारदेखि समग्र न्यायपालिकाको सुधारका लागि दबाबमुलक धर्ना कार्यक्रम प्रारम्भ गरेको कानून व्यवसायी विपिन झाले बताए ।उनीहरुले स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्ने, न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गर्नुपर्ने, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू हुनुपर्ने, प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब हुनुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्त गर्नुपर्ने, सवैधानिक दायित्व पुरा गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने र संसदीय सुनुवाई समिति गठन गर्नुपर्नेलगायतका माग अघि सारेका छन् ।

 

 

spot_img

ताजा अपडेट

लोकप्रिय