बीरगन्ज,१८ बैशाख – कार्य स्थलमै दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना मजदुरलाई कम्पनीले उपचारमा सहयोग नगरेपछि बिच्चलीमा परेका छन् । पर्साको पर्सागढी नगरपालिका वडा नं. ७ वस्ने २५ बर्षिय ज्ञानेन्द्र सहनी ओमचाउ विरुफिड कम्पनीमा डिउटीकै क्रममा दुर्घटनामा परी चैत १३ गते बिहान घाइते भएका थिए । बिहान १२ : १० बजे घाइते भएका सहनीलाई ६ घण्टापछि मात्र कम्पनीले अस्पतालमा पु¥याएको थियो ।
घाटी र खुट्टामा गम्भीर फ्याक्चर भएपछि उपचारको लागि कम्पनीले अस्पतालमा भर्ना गराएको भएपनि पछिल्लो समयमा कम्पनीका कर्मचारी तथा संचालक सम्पर्क बिहिन भएका छन् । घाइते सहनीको बीरगन्ज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कम्पनीले उपचारमा सहयोग नगरेपछि खेती योग्य जग्गा बन्की राखी छोरालाई उपचार गराइएको घाइते सहनीका बुबा अमरदेव सहनीले बताए । उनले शुरुमा कम्पनीले उपचारमा सहयोग गरेको भएपनि घाटीको अप्रेशनपछि सम्पर्क बिहिन बनेको दुखेसो पोके ।
कम्पनीले उपचारमा सहयोग नगरेपछि उनका बुबा अमरदेव सहनीले ४ लाख रुपैया खेती योग्य जग्गा बन्दकी राखी उपचार गराइरहेको भएपछि सो रकमले उपचार सम्भव नहुने डाक्टरले बताएपछि छोरोको जीवन रक्षाका लागि सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।

उनले पछिल्लो पटक उचारकै क्रममा रहेका छोरालाई अस्पताल राखी सम्पर्क बिहिन भएका कम्पनीलाई उपचारमा सहयोग प्रदान गरिदिन आग्रह गर्दै घइतेका बुवा अमरदेव सहनीले छोरो मरे पुरै परिवार बिचल्लीमा पर्ने बताए । हाल कम्पनीका मुन्सी तथा ठेक्केदारहरुलाई फोन सम्पर्क गर्दा फोन रिसिभ नगर्ने गरेको तथा अस्पतालमा आफ्नो मजदुरको अवस्था कस्तो छ, भनेर सोध्न समेत कम्पनीका प्रतिनिधि अथवा संचालक नआएको घाइतेका बुबा सहनीले बताए ।
घाइते सहनीको श्रीमती हिरामती देवीले आर्थिक अभावका कारण श्रीमान्को खुट्टाको अप्रेशन हाल सम्म गराउँन नसकिएको तथा अस्पतालको वेडमा वहाँ मुत्युसँग लडी रहनु भएको रुदै बताइन् । बाराको परवानीपुर गाउँपालिका वडा नं. ४ मा रहेको सो फिड कम्पनीमा कार्यरत सहनीको श्रीमती ७ महिनाको गर्भवती रहेकी छिन् भने एउटा अन्दाजी ६ बर्षको छोरी रहेको छ । सहनीको गर्भवती श्रीमती हिरामती देवी अस्पतालमै कुरुवा वसेकी छिन् ।
उपचारमा संलग्न डाक्टर सफरोज अंसारीले घाइते सहनीको घाटीमा दुई वटा अप्रेशन गरि सकिएको तथा खुट्टाको अप्रेशन गर्न बाकी रहेको बताए । उनले अप्रेशन समयमै गर्नु पर्ने बताउँदै अप्रेशनपछि मात्र केही भन्ने अवस्था रहेको बताए ।
यत्ता समाजसेवाको ढोङ्ग दैखाउँदै आएका कम्पनीका संचालक सुरेश रुङ्गटा आफुहरुले उपचारमा सहयोग गर्दै आएको झुठो दावी गर्दै आएका छन् । उनले उपचारको लागि परिवारलाई नगद ४ लाख पठाएको दावी गरेको भएपनि परिवारजनले कुनै नगद रकम आफुहरु नबुझेको बताए ।
उनका बुवा अमरदेव सहनीले कम्पनीले शुरुमा अस्पतालमा ३० हजार रुपैया दरौटी तथा पछि विल वापतको २ लाख रुपैया दिएको बताए । घाइतेका आमा बुवाले आफुहरुलाई पैसा नचाहिएको बताउँदै छोराको सही तरिकाबाट उपचार गराउँनु पर्ने आग्रह गर्दै आएका छन् । संचालक रुङ्गटाको बीरगन्ज रुगटा वेलफेयर सोसाइटी नामक संस्था रहेको छ । सहयोगको नाममा सोसाइटीबाट पनि रुगटाले राज्यलाई ठगी गर्दै आएको छ । प्रतिक्रियाको लागि रुङ्गटालाई फोन गर्दा फोन रिसिभ भएन् ।

