साइबर सुरक्षा प्रशिक्षण विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

spot_img

जनकपुरधाम, वैशाख २१ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८० को अवसरमा आयोजित एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ।

सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल नाराका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० मा क्यान् मधेश प्रदेशको आयोजना तथा क्यान धनुषा जिल्लाको संयोजकमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छन्।

कार्यक्रमको अध्यक्षतामा क्यान महासंघ नेपाल मधेश प्रदेशका अध्यक्ष धनन्जय महतो ,प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा तथा सुचना प्रविधि मन्त्रि मानिनिय महेश प्रसाद यादव ,विशिष्ठ अतिथि राष्ट्रिय अध्यक्ष क्यान महासंघ नेपालका रंजित ,संयोजकमा क्यान महासंघ धनुषा बिनय साह ,सिटिइभिटी प्रोभिन्स अफिस प्रदेश प्रतिनिधि उदित कु. यादव,क्यान महासंघ नेपाल केन्द्रिय सचिव श्री भूपाल दास श्रेष्ठ,क्यान महासंघ केन्द्रिय सदस्य तथा डाइनामिक टेक्नोसफटका संचालक दिपक साह ,क्यान महासंघ नेपाल पर्सा जिल्ला अध्यक्ष प्रशान्त कुमार ,क्यान महासंघ नेपाल बारा जिल्ला अध्यक्ष  संजय केशरी,क्यान महासंघ नेपाल सर्लाही जिल्ला अध्यक्ष नरेश दास, क्यान महासंघ नेपाल महोतरी जिल्ला अध्यक्ष विकम रौनियार,युवा, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको छ।

उता कार्यक्रममा प्रमुख अतिथिमा मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले विज्ञान प्रविधिको प्रयोग विना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताए  ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा कम्प्युटर एशोसिएशन नेपालको मधेश प्रदेश समितिको आयोजना तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा आज जनकपुरधाममा भएको साइबर सुरक्षा सम्बन्धि कार्यक्रममा मन्त्री यादवले सूचना प्रविधिको महत्त्व विश्वमा पछिल्लो समयमा आएको कोरोना महामारीले थप उजागर गरेको बताए। कोरोनाको समयमा पठन पाठनदेखि राजनीतिक दलहरूको मिटिङ गर्दा सूचना प्रविधिको अधिकतम प्रयोग भएको स्मरण गर्नुभयो ।

 

मन्त्री यादवले अहिले मोबाइलको दुरुपयोग बढेको उल्लेख गर्नुहुँदै यसको दुरुपयोग रोकेर यसको प्रयोग सूचना प्रविधिको क्षेत्रमा गरेको खण्डमा राम्रो हुने भएकाले यसतर्फ क्यानले विशेष रुपमा ध्यान दिन आवश्यक भएको बताए। उहाँले मधेश प्रदेश सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग तथा साइबर सुरक्षाको विषयमा काम गर्न चाहेको उल्लेख गर्नुहुँदै विद्यालय तहमा कसरी डिजिटल शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको छु भनेका छन्।

मधेश प्रदेशलाई एक वर्षभित्रमा पूर्ण साक्षर प्रदेश बनाउने गरि सरकारले काम गर्न चाहेको बताउँदै उहाँले पूर्ण साक्षर प्रदेश बनाउनमा सूचना प्रविधिको प्रयोग कसरी गर्दा उपयुक्त हुने विषयमा सुझाव क्यानसँग आग्रह गर्नुभयो ।

कम्प्युटर एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष रञ्जित पोद्धारले विद्यालयहरूमा सरकारले स्थापना गरेको आइसिटी ल्याबको प्रभावकारिता बढाउनका लागि शिक्षकको व्यवस्थापन जरुरी रहेको बताए ।उहाँले अहिले सूचना प्रविधिको क्षेत्रमा साइबर सेक्युरिटी चुनौतीको विषय बनेको उल्लेख गर्नुहुँदै यस विषयमा क्यानले प्रदेश प्रदेशमा जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए।

 

 

spot_img

ताजा अपडेट

लोकप्रिय