जनकपुरधाम, वैशाख २३ । एका बिहानै जनकपुरधाममा वायु प्रदूषण विरुद्ध जनचेतना याली गरिएको छ । जनकपुर युथ टिम र अमेरिक राजदूतावासको आर्थिक सहयोगमा जारी सफा अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीको हनुमान चोकमा कार्यक्रम सम्पन्न गरिएको छ ।
यस वायु प्रदूषण विरुद्ध र वृहत् सरसफाई अभियानमा जनकपुरधाम उप-महानगरपालिका – जिल्ला प्रशासन कार्यालय धनुषा, सशस्त्र प्रहरी वल गणं ८ धनुषा,नागरिक समाज धनुषा,जिल्ला प्रहरी कार्यालय, धनुषा,श्रीनाथ गण धनुषा,गैर सहकारी संस्था युवा क्लव धनुषाका सहभागी भएका छन्।

कार्यक्रममा सफा वायु प्रदूषण विरुद्ध जनकपुरधाम अभियानका कार्यक्रम संयोजक धीरजसाह,जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह,धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल ,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्का, ट्राफिक प्रहरी कार्यालय जिरोमाइलका प्रमुख शेखर कुमार साह, विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरु,युवा अभियानी धीरज साह, आशुतोष झा, धीरेन्द्र शाह,काजल झा, संगीत कुमारी, अमित मिश्र , रिता साह, सञ्जु कुमारी,राजेन्द्र कुमार लगायतका सहभागिता रहेको थियो।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले वायु प्रदूषण विरुद्धको अभियानमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् भने उनले वायु प्रदूषण मात्र नभइ दिनप्रतिदिन जनकपुरधाम लगायत के क्षेत्रमा बढ्दै गएको ध्वनि प्रदूषण नियन्त्रणका लागिसमेत ठोस कदम चाल्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए।जनकपुरधाम नगरपालिकाले आफ्नो स्तरबाट ध्वनि प्रदूषण तथा वायु प्रदूषण विरुद्ध अभियान संचालनका लागि आगामी वर्षदेखि ठोस योजनामा काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वायु प्रदूषण न्यूनीकरणका लागि आयोजनागरिएको यस जनचेतनामूलक र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताए।

