सार्वजनिक पुस्तकालयलाई ईन्टरनेट लाईब्रेरी बनाइने

spot_img

 

जनकपुरधाम,वैशाख २७ । जनकपुरधामको दक्षितर्फ रहेको गंगासागरको डिलमा अवस्थित सार्वजनिक पुस्तकालयलाई ईन्टरनेट लाईब्रेरीको रुपमा विकास गर्दै स्तर वृद्धि गर्नुपर्ने माग वक्ताहरुले गरेका छन् ।

मंगलबार जनकपुरधाममा सम्पन्न पुस्तकालको महाधिवेशनको उद्घाटन सत्रमा वक्ताहरुले सो माग अधि गरेका छन् ।

पुस्तकालयका अध्यक्षका विपती मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले पुस्तकालको स्तर वृद्धिको लागि जनकपुरधाम उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा समाजसेवी ई. कृष्णचन्द्र साहले पुस्तकालयलाई समयानुकूल स्तर वृद्धि गरेर सुविधा सम्पन्न ई. लाईब्रेरी बनाउनुपर्ने कुरामा जोड दिए । उनलेभने, अहिलेको सूचना प्रविधिको युगमा

भएकोले समयानुसार पुस्तकालयको व्यवस्थापनमा पनि परिवर्तन ल्याउनैपर्छ नत्र यो ‘पुस्तकाल औचित्यविहीन बन्न जान्छ ।

कार्यक्रममा नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले प्राचीन मिथिलाको राजधानी जनकपुरधाम ज्ञानभूमिको रूपमा परिचित रहँदै आएकोले यस पुस्तकाललाई विपन्न विद्यार्थीहरुको लागि विभिन्न कोर्सका पुस्तकसमेत व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। कार्यक्रममा राष्ट्रिय अदृष्टि संघका अध्यक्ष राम अवतार मण्डलले पुस्तकालयलाई दृष्टिविहीन मैत्रीपुर्ण बनाउनुपर्ने माग अघि सारे । कार्यक्रममा स्थानीय बुद्धिजीवी नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो । गंगासागर र धनुषसागरको मध्यमै तीन कठ्ठा जग्गामा अवस्थित सो पुस्तकालय ‘२०१२’ सालमा स्थापना भएको थियो ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय