- जनकपुरधाम, जेठ ३ । जनकपुरधाममा सुनौलो बिहानी समाज धनुषाले (IDAHOTBI) दिवस “होमोफोबिया, ट्रान्सफोबिया, बिफोबिया, र इन्टरसेफोबिया विरुद्धको “सधैं सँगै: विविधतामा एकता” भने मूल नारा सँगै अन्तर्राष्ट्रिय दिवस २०२३ मनाएका छन ।
सुनौलो बिहानी समाज धनुषाले यस दिवशको दिन विभिन्न कार्यक्रमगरी सँगै सांस्कृतीक प्रस्तुतीसहित विविध विषयमा छलफल हुने गरी कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक सत्यनारायण साह(छोटु)ले जानकारी दिएका छन् ।
‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३ मनाएका जानकारी दिएका छन्।
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रुपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउने गर्दछन्।सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिन मनाईन्छ।
सुनौलो बिहानी समाजका संथापक अध्यक्ष प्रदिप यादवले यस दिनलाई संसारभर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हर्षोल्लासका साथ मनाएका बताए। मे 17 लैंगिक तथा याैनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई हुने लान्छना तथा भेदभाव विरुद्धको अन्तर्राष्ट्रिय दिवस हाे । यसकै सम्झना स्वरुप सन् २००५ मा पहिलोपटक यो दिवस मनाइयो जसमा संसारभर करिब १५,०० जनाकाे सहभागीता रहेको थियो ।त्यसपछि सन २००९ मा ट्रान्सजेण्डर व्यक्तिलाई फ्रान्सले यो हुनु भनेको प्राकृतिक कुरा हाे भन्दै विश्वमै पहिलो मुलुक बनेर घाेषणा गरेको थियोे । त्यसपछि क्रमश दुईलिङ्गी अन्तरलिंगी समुदायका बारेमा पनि यस्ता फैसला भएका छन भने फरक यौनिकता र लैंगिकताकै कारण यो समुदायले भोग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाई र कठिन परिस्थितिहरुप्रति सरोकारवालालाई ध्यानाकर्षण गराउन यो दिवसले भूमिका खेल्ने अपेक्षा लिइएको छ। कार्यक्रमको उद्देश्यवारे संथापक अध्यक्ष यादवले प्रकाश पारेका हुन ।