बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

जनकपुरमा आज विश्व वातावरण दिवस मनाइँदै

सिफारिस

जनकपुरधाम, जेठ २२ ।

- Advertisement -

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज मधेश प्रदेशको राजधानी जनकपुरधममा विश्व वातावरण दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

- Advertisement -

जनकपुरधाममा वन निर्देशनालय मधेश प्रदेश,जिल्ला समन्वय समिति धनुषा ,जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा ,जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा ,जिल्ला वन कार्यालय धनुषा लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संस्था ग्रीन स्पेस,कायापालट र नेपाल विकास समाजले बिट प्लास्टिक पलुसन नाराको साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।

विश्व वातावरण दिवस २०२३ को अवसरमा जनकपुर उपमहनगरपालिका पुलचोक वार्ड १९ मा कायापालट र नेपाल विकास समाजको आयोजनामा ​​‘प्लास्टिक म्यान विथ प्लान्टेशन’ कार्यक्रम आयोजना गरेका छन्।

प्लाष्टिक प्रदूषण विरुद्ध लड्न र वातावरण संरक्षण प्रवर्द्धन गर्न तत्काल आवश्यकता बारे चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युवा अभियनी कैयुम राईनले बताए ।

दिवसको अवसरमा जनकपुर उपमहनगरपालिका का नगर प्रमुख मनोज कुमार साहले शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताएका छन् । त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उनको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -