शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

जनकपुरधाममा तिन दिवसीय ‘विमर्श’ आरम्भ

सिफारिस

जनकपुरधाम, २० जेठ । जनकपुरधाममा शुक्रबारदेखि तिन दिवसीय साहित्य महोत्सव ‘विमर्श’ सुरु भएको छ । सुन्दर जनकपुरधामको बारेमा प्रथम विमर्शबाट कार्यक्रमको शुरूवात गरिएको हो । ‘जनकपुरक समृद्ध ऐतिहासिकता आ वर्तमान : इएह छि अप्पन जनकपुर’ भन्ने शीर्षकबाट तिन दिवसीय महोत्सव आरम्भ गरिएको छ ।

- Advertisement -

मैथिली साहित्यमा केन्द्रित भएर अडहुल र चनमा जस्ता गोष्ठीहरुको सफल आयोजन गरिसकेको विमर्श फाउण्डेशनले जनकपुरधाममा शुक्रबारदेखि तिन दिवसीय साहित्य महोत्सव ‘विमर्श’ को आयोजना गरेको हो ।

- Advertisement -

विमर्श फाउण्डेशनको आयोजना र नेपोभिट टाइल्सको प्रायोजनमा शुक्रबारदेखि सुरु भएको महोत्सवमा आइतबारसम्म मैथिली भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि नेपाल र भारतका विशिष्ठ व्यक्तिहरुले परिचर्चा गर्ने फाउण्डेशनका अध्यक्ष विभा झाले जानकारी दिइन् ।

मैथिली भाषा र साहित्यसँग प्रेम र सद्भाव राख्ने झाले आफ्नो निजी खर्चमा यसअघि पनि दुईवटा आयोजनाहरु गरिसकेकी छन् । उनले मैथिली समाजका हरेक गतिविधिहरु दुनियाभर फैलाउन र समाजका गतिविधीहरु साँझ र पराती छुटिरहेको अवस्थामा त्यसलाई ज्वलन्त बनाउनु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको बताइन् ।

 

तिन दिवसीय विमर्शमा जनकपुरधामक समृद्ध ऐतिहासिकता आ वर्तमान, कवि सम्मेलन, सांस्कृतिक संध्या, अतीतक आंगनमे भविष्यक अरिपन, मध्य–मैथिलीक सहायक क्रिया रुप, राजनीतिक अस्तित्व, मैथिली साहित्यक समकालीन परिदृश्य, मिथिलामे उद्योगक सम्भावना आ चुनौति, पुस्तक लोकार्पण आ परिचर्चा, मैथिलीक समकालीन कथा साहित्य आ नव पीढीक चुनौती, स्त्री विमर्श, जलाधार संरक्षण, समृद्ध मिथिलाक परिकल्पना आ नवतुरियाक भूमिका, दूनू पारक मिथिलाक लोकसम्बन्धक पुनरावलोकन, मैथिली साहित्यमे दलित चेतना, मैथिलीक दुनिया आ दुनियामे मैथिलीलगायतका शेसनहरु सञ्चालन गरिने कार्यक्रमका संयोजक विकास वत्सनातले जानकारी दिए ।

 

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -