जनकपुरधाम, जेठ २९ गते ।
समृद्धिका लागि वन परियोजना अन्तर्गत न्यायिक समितिलाई गुनासो निवारण, वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न गरिएको छ।

जनकपुरधाममा भएको समृद्धिका लागि वन परियोजनासम्बन्धी अभिमुखिकरण गोष्ठीमा प्रमुख अतिथिमा प्रदेश वन तथा निर्देशनालय, उप-सचिव सुजित झाले यो परियोजना मधेशको वातावरण संरक्षणको उद्देश्य लिएर ल्याइएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो सँगै हरियाली र सुन्दर बनाउने काम भइरहेको बताएका छन् ।

कार्यक्रमको अध्यक्षतामा रहेका एकडारा गाउँपालिकाको अध्यक्ष दिप नारायण मण्डले भने वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने अहिलेको घनिभूत आवश्यकता समेत औंल्याए । गाउँपालिकाले विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हरियाली र स्वच्छ बनाउनेतर्फ लागिपरेको बताए । वृक्षारोपण मात्र होइन बोट बिरुवाको संरक्षणका लागि समेत गाउँपालिकाले योजना बनाएको उनले जानकारी दिए ।
अन्तर्गत न्यायिक समितिलाई गुनासो निवारण, वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण गोष्ठीमा कार्यक्रममा नायक समिती संयोजक तथा गा.पा. उपाध्यक्ष श्री महजबी खातुन,नायक समिती सदस्य र पशु चिकित्शक अधिकृत सातौँ इन्दल साह,एकडारा गाउँपालिकाको वन प्राभिधिक निशा साह,प्रशिक्षक राधे श्याम शाखा अधिकृत ,लेखापालका सुरेश कुशियैत,शिवेन्द्र ठाकुर सूचना तथा संचार प्रविधि अधिकृत र फोकल पर्सन गुनासो सुनवाई अधिकृत,लाल बाबु यादव वन तथा वातावरण मन्त्रालय योजना अधिकृत सँगै एकडारा गा.पा.का १ नं. वडा अध्यक्ष मनोज कुमार मण्डल , २ नं. वडा अध्यक्ष सखीचन्द्र यादव, ३ नं. वडा अध्यक्ष राम विलास राय, ४ नं. वडा अध्यक्ष जिवछ प्रसाद यादव,५ नं. वडा अध्यक्ष सेरा जुद्दीन अंसारी, ६ नं. वडा अध्यक्ष श्याम चौधरी आयोजित अभिमुखीकरण कार्यक्रमको अवसरमा मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पारेका थिए । तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको उनले प्रष्ट पारे ।

नायक समिती सदस्य र पशु चिकित्शक अधिकृत सातौँ इन्दल साहले भने हरित गृह ग्यासको उत्सर्जन र यसले पार्ने प्रभावसँगै वनमार्फत यसलाई न्यूनीकरण गर्न सकिने बारेमा पनि उनले जानकारी गराए । औद्योगिकरण, सवारी साधन, फोहोर, वन विनाश आदिका कारण हरित गृह ग्यासको उत्पादन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले पृथ्वीको सुरक्षाका लागि रुख रोप्नुको विकल्प नरहेको स्पष्ट पारे । नेपालसँग १२ लाख मेट्रिक टन कार्बन उत्सर्जन गर्ने क्षमता रहेको समेत उनले जानकारी दिए ।

शाखा अधिकृत र प्रशिक्षक राधे श्यामले भने वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण गोष्ठी नेपालीमा एक महत्वपूर्ण विषय हो। यसमा हाम्रो देश, नेपाल, वातावरणीय समस्याहरूको सामूहिकता र समाधान गर्ने गरी सामाजिक सुरक्षाको दृष्टिबिन्दुबाट पनि माध्यमिकता गर्दछ। वातावरणीय समस्याहरू जस्तै प्रदूषण, जंगलकट, जलवायु परिवर्तन, जलवायु बालेको असर, वनसदर्शीता नष्ट, भूमिसदृशीता, बाढी, भूकम्प, खराब वातावरण विना सुरक्षामा समस्याहरू पनि उठ्दै आएका छन्।जनसंख्या वृद्धि र जनस्वास्थ्य: जनसंख्या वृद्धि वातावरण, सामाजिक सुरक्षा र विकासलाई धेरै प्रभावित गर्छ।
हाम्रो लागि र हामी पछि आउने पुस्ताहरूका लागि वातावरण संरक्षणको आवश्यकता धेरै महत्त्वपूर्ण छ। वातावरण कति महत्त्वपूर्ण छ भने यस विषयमा बुझदा स्वास्थ्य सुरक्षामा वातावरण संरक्षण बिना, हाम्रो स्वास्थ्य प्रतिकूल असर गर्न सक्छ। हावा, पानी र माटोको प्रदूषण, जलवायु परिवर्तन, वन फँडानी र प्राकृतिक स्रोतको अनुचित प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। त्यसैगरी जैविक विविधताको संरक्षणमा वातावरण संरक्षण नगरी जीवाश्म र प्राकृतिक स्रोतको उपलब्धता नहुँदा जैविक विविधतामा खतरा उत्पन्न हुन सक्छ । वन विनाश, वनस्पति र जीवजन्तुको हानिले धेरै प्रजातिहरू लोप हुन सक्छ।

एकडारा गाउँपालिका वन प्राविधिक अधिकृत निशा साहले भनिन् वृक्ष रोपन तालिम र जानकारी अहिले वर्तमान समयमा पर्यावरणको सुरक्षा र विकासमा महत्वपूर्ण भूमिका रहेको बताइन् । वृक्षहरूको महत्व र संरक्षणको विषयमा जागरूकता हुन एकदम जरुरी रहेको र तालिम बाट विभिन्न वडाहरूमा गई वृक्ष रोपनको तकनीक, प्रक्रिया, वृक्ष संरक्षण, तालिम विधि, रोपण समय, वृक्षारोपणको लाभहरू आदि बारे जानकारी दिदै आइरहेको जानकारी प्रदान गर्दै अहिरहेकी छिन् । वडामा रहेका जनताहरूलाई वृक्षारोपणको महत्व, तत्परता र प्रभावको बारेमा जागरूक हुन अवसक रहेको बताईन् ।

यही सँगै वन प्राविधिक अधिकृत साहले भनिन् नेपाल सरकार तथा विश्व बैंकको संयुक्त प्रयासबाट नेपालको लुम्बिनी प्रदेश तथा मधेश प्रदेशमा दिगो वन व्यस्थापन साना तथा वन उद्यमहरुलाई प्रवर्धन तथा सहयोग परिचालनको लागि यो परियोजना वन लगानी कार्यक्रम अन्तरगत तर्जुमा भएको छ। यस परियोजना विश्व बैंकको ऋण तथा अनुदानमा नेपाल सरकार तथा विश्व बैंकबीच सन् २०२१ मार्च १९ मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय, कृषि विकास वैक र विश्व वैङ्कले संयुक्त रुपमा कार्यान्वयन गर्ने परियोजना गरिएको छ । यस परियोजनाको केन्द्रमा परियोजना ब्यबस्थापन इकाई रहेको छ भने प्रदेशस्तरमा प्रदेश मन्त्रालय अन्तर्गत परियोजना व्यबस्थापन इकाई रहेका यस परियोजनाका लागि विश्व वैङ्कले २ करोड ४० लाख यु एस डलर करिब ३ अरव नेपाली रुपिया लगानी उपलब्ध गराएको छ। यसमध्ये २५५ प्रतिशत अनुदान ६९ लाख यु एस डलर तथा ७४.५ प्रतिशत ऋण १ करोड ७९ लाख अमेरिकी डलर सहायता रहेको छ । लगानी गर्दै जाँदा प्रतिफल तथा उपलब्धीको आधारमा थप लगानी हुने संभावना रहेको छ ।
यसको अविधी चाहिँ २०७८ साल श्रावन १ गते (2021 July 16) देखि संचालनमा आएको छ । यस आयोजनाको अवधि आ.बा. ०७८-०७९ देखि आ.बा. ०८२-०८३ सम्म (सन २०२१ देखि २०२५) ।
उत कार्यक्रम लक्ष्य तथा उदेश्य बारे समग्र लक्ष्य (Development objective) दिगो वन व्यस्थापन (SFM) मा सुधार गर्ने, वनबाट प्राप्तहुने फाइदाहरु वृद्धि गर्ने र नेपालको मदेश प्रदेशस्थित छनौट गरिएका पलिकहरुभित्र खुद हरित ग्यास उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने ।छोटो र मध्यम अवधिका प्रतिफल्हारुले वनको समग्र उत्पादकत्व वृद्धि गर्ने । वनमा आधारित साना तथा मझौला उद्धमहरुको विकास तथा सुधारमा योगदान गर्ने र तराई भुपरिधि क्षेत्र भित्र उत्सर्जन न्यूनीकरण कार्यक्रमले लक्ष्य राखेको उत्सर्जन न्यूनीकरण गर्न योगदान गर्ने छन्।
कार्य क्षेत्र बारे यो परियोजनको कार्य क्षेत्र मदेश प्रदेश र लुम्बिनी प्रदेशका हाललाई प्रत्येक प्रदेशमा २५ वटा पलिकाहरु गरी ५० वटा पालिकामा काम गर्ने लक्ष्य राखेको छ ।मधेशको महोत्तरी एकडारा ,जलेश्वर, बर्दिवास रहेको र प्रमुख सहयोगी प्राविधिक निकाय जिल्लाहरुमा रहेको प्रदेश स्तरका वन क्षेत्रका कार्यालयहरु डिभिजन वना कार्यालय तथा सब डिभिजन वन कार्यालयहरु लगायातको भूमिका तथा प्राविधिक सहयोग यस परियोजनाको मुख्य ज्ञान तथा प्राविधिक स्रोत रहेको छ । धेरै प्राविधिक ज्ञानको आवश्यक पर्ने नर्सरी, दिगो वन व्यवास्थापन तथा वृक्षरोपण लगायतका क्रियाकलापहरुको लागि प्राविधिक व्यवस्थापन यी कार्यालयहरुबाट गर्ने प्रावधान रहेको छ ।कार्यान्वयन रणनीतिका माध्यम प्रमुख औजारहरु/माध्यम “दिगो वन व्यवस्थापन योजनाहरु (समुदायमा आधारित वन व्यवस्थापन समुदहरु), समुदायमा आधारित वन व्यवस्थापन अनुदान वृक्षरोपण अनुदान,साना तथा मझौला वन उद्धमहरुलाई ऋण प्रवाह।
सहयोगी औजारहरु/माध्यम परियोजना संचालन निर्देशिका,वृक्षरोपण अनुदान निर्देशिका,समुदायमा आधारित वन व्यवस्थापन अनुदान निर्देशिका, वातावारणीय तथा सामाजिक प्रतिवद्धता सम्बन्धी योजना,वातावारणीय तथा सामाजिक व्यवस्थापनको खाका र प्रमुख क्रियाकलापहरु तथा संभागाहरु दिगो वन व्यवस्थापनका लागि नयाँ सरकारी र प्रक्रियाहरुकोलागि नीति र क्षमता विकास,समुदायमा आधारित दिगो वन व्यवस्थापन तथा साना किसनका लागि वृक्षरोपण,दिगो वन व्यस्थापन,समुदायका विपन्न समुदायहरुलाई वनक्षेत्र विनियोजन तथा सहायतासाना किसानका लागि नीजी वृक्षरोपण श्री सार्वजनिक जग्गाहरुमा वृक्षरोपण तथा कृषि वन विकासवन उद्धमहरुको सुधार तथा विकसवनमा आधारित नीजिक्षेत्रका लागि अनुकूल वातावरण तयार गर्न कार्यक्रमहरु वनमा आधारित साना तथा मझौला उद्धमहरु स्थापना तथा सुधारका लागि ऋण प्रवाहको डिजाइन तथा परिक्षण परियोजनाको सुशासन, अनुगमन तथा सिकाई, निर्दिष्ट अनुदान संयन्त्र (Dedicated Grant Mechanism: DGM) स्थानीय समुदाय र आदिवासी जनजाती समुदायको क्षमत अभिवृद्धि कार्यको संचालन छुट्टै निकायबाट pहुने व्यवस्था रहेको छ ।
वन उद्धमको सुधार तथा विकासको लागि विशेष कार्यक्रम ऋण परिचालन गरिनेछ संभाग ३ अन्तरगत कृषिविकास बैंक मार्फत छनौट भएको वीतिय संस्था वा आफैले वन उदमहरुलाई माग बमोजिम परियोजनाको उद्देश्य पुरा हुने गरी सहुलियत व्याजदरमा ऋण प्रवाह गर्ने व्यवस्था रहेको छ । यस चरणमा ६० लाख यु एस डलर (नेपाली मुद्रा रुकरिब ७० करोड) पूजी परिचालन गर्ने कार्यक्रम रहेको बताएकी छिन् ।
गोष्ठी कार्यक्रममा वडा न १ का मनोज कुमार मण्डल , वडा न २ का सखीचन्द्र यादव ,वडा न ३ का राम बिलास राय, वडा न ४ का जिबछ प्रसाद यादव,वडा न ५ का शेरा जुदिन अन्सारी, वडा न ६ का श्याम चौधरी र विभिन्न वडा वासीहरु लगायतको सहभागीता रहेको थियो ।

