जनकपुरमा युवाहरू सरसफाइ अभियानमा जुट्दै

spot_img

जनकपुरधाम, असार २ गते ।सफाईलाई हाम्रो जीवनको नियमित अंग रूपमा मान्यता दिइएको छ। यसले हाम्रो आवास, कामस्थल, सार्वजनिक स्थल, र समुदायको स्वास्थ्य, सुरक्षा, र सुखमा महत्वपूर्ण भूमिका खेल्छ। सफाईले खाने पानीको सफाइ, कचराको व्यवस्थापन, बाल स्वास्थ्यका लागि सफाइ, बीमारीहरूको नियन्त्रण, वातावरणको सुरक्षा, वनस्पतिहरूको रक्षण, र सार्वजनिक स्थलका तालिम र सजावटमा महत्वपूर्ण भूमिका निभाउँछ ।

यति खेर जनकपुरधामका केही जागरुक युवाहरु ‘आफ्नो ठाउँ आफैं सफा र स्वच्छ राखौं’ भन्ने अभियानका साथ सरसफाइ अभियानमा निरन्तर जुटेका छन्।

प्रत्येक शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित धार्मिक एवं पौराणिक (मसान घाट) मोक्षद्वारमा स्थानीय युवाहरुको पहलमा सरसफाइ गरिएको छ ।

 

सरसफाइप्रति सचेतना बढाउन र सरसफाइप्रति स्थानीयबासीलाई जागरुक गराउन अभियान चलाइएको मोक्षद्वारका संरक्षक सरसफाइ युव अभियानी आदित्य ठाकुरले बताए ।

सर-सफाई अभीयानी रुबी झाले भनिन् जीवनको सही आनन्द मानवले त्यतिबेला मात्र लिन सक्छन् जतिबेला उनी स्वस्थ रहन सक्छन् । आफूलाई स्वस्थ राख्न मानवले आफ्नो पहिलो प्राथमिकतामा सरसफाइ र स्वस्थ वातावरणलाई राख्नु पर्दछ । मानवको वरिपरिको वातावरणको स्वच्छ परिवेष आवश्यक छ । जुन हामी स्वयं गर्न सक्छौं । त्यसपछि मात्र समाज र राष्ट्रको परिवर्तन सम्भव छ ।’

कार्यक्रममा ज.न.उ .पा वड़ा नं ८ का पूर्व वडाअध्यक्ष रमेश ठाकुर,शहरी विकाश तथाभवन कार्यलय धनुषाका कम्प्यूटर अधिकृत सुशील मण्डल,विश्व हिंदू परिषद नेपालका जानकी रमण झा, जनकपुर इन होटलका संचालक सतेन्द्र साह,रामानन्द युवा क्लबका महसचिब रौशन मिश्रा, कार्यसमिति सदस्य संतोष मुखिया,श्री परिक्रमा समुदाय केन्द्रका अध्यक्ष रंजीत रॉय, सर-सफाई अभीयानी र मिथि फाउंडेशन अध्यक्ष रुबी झा,नेपाल प्रेस यूनियनका धनुषाका सहसचिब तेज कुमारी पौडेल,पत्रकार रजत कायस्थ, लियो क्लबका सम्पूर्ण सदस्य, मोक्ष द्वारका संरक्षक आदित्य ठाकुर,गौतम झा,सञ्जय साह,ऋतिक मिश्रा,लालू , संतोष झा उपस्थिति रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

spot_img

ताजा अपडेट

लोकप्रिय