जनकपुरधाम,अषाढ ३० गते । प्रकृति र संस्कृति संरक्षण मुख्य उदेश्य का साथ २०७० साल फागुन ११ गते देखि सप्ताहिक रुपमा सुरु गरिएको गंगासागर सफाई अभियान पछिल्लो १० वर्ष देखि निरन्तर जारी रहेको छ।
गंगासागर सफाई अभियान का अभियन्ताहरुले मिथिला सभ्यताको धरोहर रामायणकालिन जिवन्त अवशेष देवभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागरको शनिबार सघन रुपमा सफाई गरेका छन।
गंगासागर सफाई अभियानका प्रणेता प्रदेश सांसद रामअशिष यादव,स्वच्छता अभियन्ता समाजसेवी रवि गोयन्का,अभियन्ताहरु बजरंग यादव,मनोज राय,जगदीश साह,एन्टी प्लास्टिक मैन कृष्ण चन्द्र साह,विरेन्द्र साह,ई सत्यदेव यादव ,डा,निरन्जन गोईत,डा अशोक साह, संतोष यादव ,अजय महतो ,डा शंकर प्रसाद साह,संजय साह,धन चन्द्र ,मनिष गुप्ता र सशस्त्र प्रहरी सहितको को सहभागिता रहेका छन।
जल जीवन रहेको कारण जल संरक्षण को विशेष महत्त्व लाई मनन गर्दै स्वच्छता अभियान प्रति पुर्ण समर्पित पर्यावरण योद्धा हरुले विगत १० वर्ष देखि जनकपुरधामको सफाई अभियान र बृहतर जनकपुरधाम क्षेत्रमा सर सफाई का साथै निरन्तर वृक्षारोपन पनि गरिरहेका छन।
मानवद्वारा पर्यावरण प्रदुषण र प्रकृति को दोहन विनाश तिब्र गति भई रहेको कारण जलवायु परिवर्तन को असर प्रत्येक्ष रुपमा देखा पर्न थालेका छन।
तत्कालीन नेपाल पत्रकार महासंघ धनुषा का अध्यक्ष पत्रकार रामअशिष यादवको र वर्तमानमा समय मा मधेस प्रदेश का प्रदेश सांसद रामअाशिष यादवको नेतृत्वमा २०७० सालमा गंगासागर सफाई अभियानको शुभारम्भ गरिएको थियो ।

गंगासागर सफाई अभियान को सफल अभ्यास पछि २०७१ साल जेठ २५ गते गंगासागरमा दैनिक महागंगा अारतीको शुभारम्भ पनि भएको थियो ।
प्राचीन देवभूमि जनकपुरधामको धार्मिक सरोवरहरुको सफाई र सडक किनारमा वृक्षारोपन र वृक्ष संरक्षण clean janakpurdham , Clean Janakpurdham Green Janakpurdham Campaign को शुभारम्भ गरि निरन्तर अभियान जारी रहेको छ।




