सप्तरीमा बालिकालाई सामूहिक दुष्कर्म गरेको आरोपमा चारजना पक्राउ

spot_img

जनकपुरधाम, साउन २ ।

सप्तरीमा आफ्नै घरभित्र बसिरहेकी एक बालिकालाई उठाएर बाहिर लगी सामूहिक दुष्कर्म गरिएको छ । जिल्लाको कंचनरुप नगरपालिकामा यो घट्ना भएको हो ।

दुष्कर्ममा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० बर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ बर्षीय दिपेश सुवेदी, २४ बर्षीय सुदिप भुजेल र २२ बर्षीय मनोज विश्वकर्मा छन् ।

प्रहरीका अनुसार पीडित बालिका र अभिभावकले ईलाका प्रहरी कार्यालय कंचनपुरमा लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया शुरु गरेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले उनीहरुबिरुद्ध जवरजस्ती करणी सम्वन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालततर्फ पठाईएको जानकारी दिए ।

यसरी भयो घट्ना

घट्ना २९ असार राति १०ः३० बजेकै हो । कंचनरुप नगरपालिका १२ बस्ने १७ बर्षीया बालिकाको घरभित्र प्रवेश गरी चारै जनाले बलपूर्वक उठाएर गाउँकै सोमबहादुर मगरको घरमा लगी बलात्कार गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

बालिका गाउँकै आशिष खान कुरा गरेर बसिरहेको अवस्थामा पुगेका यी व्यक्ति कोठामा प्रवेश गरी आशिस खानलाई घर भित्र कोठामा थुनेर बालिकालाई लगी मगरको घरमा दुष्कर्म गरेको प्रहरीको भनाई छ । कैलाश पोखरेलको आदेशमा दिपेश सुवेदी, सुदिप भुजेल, मनोज विश्वकर्मा समेतले खुकुरी देखाउदै धाक धम्की दिदै पालै पालो जवरजस्ती करणी गरि निजको छोरीलाई घरमा पु¥याएको प्रहरीको भनाई छ । प्रबक्ता सिंहले बालिकाले घट्नाबारे ३१ असारमा जानकारी गराएकी थिइन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय