spot_img

अश्लिल टिकटक बनाई समाजिक सञ्जालमा अश्लिलता फैलाउने मानिस पक्राउ

spot_img
spot_img

जनकपुरधाम,साउन १२ ।
धर्मिक स्थलमा अश्लिल टिकटक बनाई समाजिक संजालको माध्यमबाट समाजमा अश्लिलता फैलाउने मानिस पक्राउ परेको छ।

केहिदिन पूर्व धार्मिक स्थल जानकी मन्दिरको विवाह मण्डप भित्र अश्लि हर्कत देखाई टिकटक भिडियो बनाई उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपश्चात भिडियो बनाउने व्यक्तिहरूको तीब्र खोजतलास जारिरहेको थियो ।

जिप्रका धनुषाको तीब्र खोजीका बाद उक्त भिडियो बनाउने व्यक्ति जिल्ला धनुषा औरही गाउँपालिका. ६ पोखरभिण्डा बस्ने अन्दाजी वर्ष १८ को अनिरूद्र यादवलाई नियन्त्रणमा लिन सफल भएको छ ।
यादवलाई प्रहरीले नियन्त्रणमा लिई जिप्रका धनुषा मा ल्याई थप अनुसन्धान कार्य भइरहेको र उक्त टिकटक भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तीहरू समेतको खोज तलाश जारी रहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय