spot_img

धनुषामा सडेको अवस्थामा एक महिलाको शव फेला

spot_img
spot_img

जनकपुरधाम, साउन २० गते ।

धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ स्थित औरहीथान सामुदायिक वन जलदले खोलाको डाडामा शुक्रबार साँझ महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।

तत्काल नामथर वतन नखुलेको अन्दाजी ३५।३६ वर्षीया महिलाको लास सडिगली औंसा परी चिन्न नसकिने अवस्थामा रहेको प्रमुख प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय