शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

जेसीजको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न

सिफारिस

जनकपुरधाम, साउन २० । जनकपुरधाम स्तित जनकपुर जेसीजको आयोजनामा एक दिने नि:शुल्क नेतृत्व विकास सम्बन्धित एकदिने तालिम सम्पन्न भएको छ ।

- Advertisement -

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आईरहेको जनकपुर जेसीजले जनकपुरधाम भित्र रहेका युवाहरु, विद्यार्थी, क्लवका प्रतिनिधिहरु राखेर नेतृत्व विकास सम्बिन्धी तालिम प्रदान गरेका छन्।

कार्यक्रमको अध्यक्षतामा जनकपुर जेसीज, वर्ष  २०२३ का अध्यक्ष जेसी अभिषेक कुमार चौधरी,प्रमुख अतिथिमा जेसी इन्जिनियर प्रकाशचन्द्र साह, नासिर अहमद अध्यक्ष २०१५,जेसी जितेन्द्र कु· महासेठ अध्यक्ष – २०१८,जेसी सिनियर मनीष रमण साह PP-2011,जेसी शंकर प्रसाद साह लगायत जेसीजका विभिन्न पदाधिकारीहरुको सहभागितामा र कार्यक्रम संयोजक जेसी दिपक कुमार साह वीपी-२०२३ को नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको छ ।

- Advertisement -

यस वी लिड’ तालिम तालिममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्षसमेत रहेकी जेसी रजनी थापाले तालिम दिनुभएको छ ।

जनकपुर जेसीजका अध्यक्ष जेसी अभिषेक कुमार चौधरीले भने नेतृत्व विकास तालिम अहिलेको समयमा महत्वपूर्ण छ, किनकी यसले नेतृत्व क्षमता र नेतृत्वको गुणस्तरमा सुधार गर्दछ। यसले व्यक्तिहरूलाई टोलीको सङ्गठन र प्रशासनमा सक्रिय भूमिकामा पुर्याउन मद्दत गर्दछ, जसले सामाजिक, राजनीतिक, व्यावसायिक र परिवारमा प्रभावशाली बनाउँछ भने जेसीजको मूख्य काम भनेको नै नेतृत्व विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने बताउँदै आगामी दिनहरुमा पनि आवश्यकता अनुसार तालिमहरु सञ्चालन गर्दै जाने बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथी जेसी ई. प्रकाश चन्द्र साहलें भने सामामाजिक संघ संस्था तथा युवा क्लव र विद्यार्थीहरुको नेतृत्व विकासका लागि जेसीजले सञ्चालन गरेको तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भने–“तालिममा आएर बस्नु सुन्नु मात्रै ठूलो कुरा होईन । जबसम्म तालिममा सिकेका कुरालाई हामी व्यवहारमा उतार्न सक्दैनौ तब सम्म तालिम लिनुको कुनै औचित्य छैन् । त्यसैले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु होला। मानिसको सोचको विकासले मात्रै समाजको दीर्घकालीन विकास हुने धारणा राखे । “सकारात्मक सोचको विकास भए मात्र सबै क्षेत्रको विकास हुन्छ,अहिले समाजमा नकारात्मक सोचको विकास बढ्दै गएको छ । हामीले सकारात्मक सोचको विकास बढाउनु आवश्यक छ बताए ।


आत्मविश्वास, स्वास्थ्य र नेतृत्व विकासका लागि आफूभित्रको क्षमता बोध विषयक उक्त कार्यक्रममा सहभागीहरुलाई आत्मविश्वास, व्यक्तित्व र नेतृत्व विकासकालागि मेडिटेशन सहित आफूभित्रको क्षमता बोध गरेर अघि बढ्न कसरी सकिन्छ भन्ने विषयमा प्रशिक्षक जेसी रजनी थापाले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा २५ जाना भन्दा बढी प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिन् ।
सहभागी युवाहरुले यस्तो कार्यक्रमले आफूभित्र भएको क्षमतालाई प्रस्फुटन गर्न सहज भएको र यस्ता कार्यक्रम नियमित हुनुपर्ने बताएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -