बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न महानगर तयार रहेको बताएका छन् ।

- Advertisement -

उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने बताएका हुन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’

- Advertisement -

यसैबीच मेयर बालेनले नेपालमा ८०-९० करोडमा नै रंगशाला निर्माण गर्न सकिने बताएका छन् । उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । ‘केही प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद,’ उनले लेखेका छन्, ‘ ।

यस्तोमात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने मेयर बालेनले प्रस्ट पारेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -