टिकटको आश्वासन दिनेलाई कारबाही गर्ने रवि लामिछानेको चेतावनी

spot_img

काठमाडौँ,१६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि टिकट वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन कडा नीति अवलम्बन गर्ने संकेत दिएको छ। पार्टी सभापति रवि लामिछाने ले नेता तथा कार्यकर्तालाई कसैलाई पनि टिकटको आश्वासन वा प्रतिबद्धता नदिन स्पष्ट निर्देशन दिएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा लामिछानेले टिकट वितरणमा हुने सम्भावित चलखेल र व्यक्तिगत प्रभावलाई रोक्न यस्तो अडान लिएको बताइएको छ। उनले निर्देशन उल्लङ्घन गरी कसैले टिकटको प्रलोभन देखाएको पाइए कडा कारबाही गरिने चेतावनी दिएका छन्।

रास्वपाले योग्य र सक्षम उम्मेदवार छनोटका लागि वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। उक्त कार्यक्रमको संयोजन सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिइएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार ‘क्यान्डिडेट क्लब’ मार्फत सम्भावित उम्मेदवारको पहिचान, मूल्याङ्कन र निर्वाचनपूर्व प्रशिक्षण गरिनेछ। यसले परम्परागत राजनीतिक शैलीभन्दा फरक, योग्यता र क्षमता आधारित उम्मेदवार छनोट प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।

रास्वपाको यो कदमलाई पार्टीभित्र अनुशासन कायम गर्ने र स्वच्छ राजनीतिक अभ्यास स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय