विपन्न छोरीहरूको विवाहमा ‘उपकार सेवा नेपाल’को साथ

spot_img

बीरगन्ज्,१६ वैशाख । आर्थिक अभावका कारण छोरीको विवाह गर्न कठिनाइ भोगिरहेका दुई विपन्न परिवारलाई उपकार सेवा नेपाल ले सहयोग प्रदान गरेको छ। संस्थाले खाद्यान्न, लत्ताकपडा र नगदसहित आवश्यक सामग्री उपलब्ध गराउँदै विवाह सम्पन्न गर्न सहयोग गरेको हो।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी स्वर्गीय पल्ट रामकी छोरी सिता रामको विवाहका लागि संस्थाले विभिन्न सामग्री उपलब्ध गराएको छ। बुवाको निधनपछि आमामात्रै आश्रित रहेको परिवारको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै सहयोग गरिएको जनाइएको छ।

संस्थाकी अध्यक्ष बिध्या कुमारी सरावगी को पहलमा सिता रामलाई चामल, दाल, आलु, सोयाबिन, साडी, घाघरा–चोली तथा नगद सहयोग प्रदान गरिएको हो। उक्त सामग्री अध्यक्ष सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

यसैगरी भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारणकी मुस्कानलाई पनि विवाहका लागि सहयोग गरिएको छ। उनको विवाह बारा जिल्लाको विश्रामपुर गाउँपालिका–४ निवासी मुकेश कुमार गुप्तासँग तय भएको छ।

मुस्कानका लागि पनि संस्थाले चामल, साडी, सलवार–सूट, तन्ना, चिउरा, नुन, चना, खाने तेल र मसला लगायतका सामग्री उपलब्ध गराएको जनाएको छ।

संस्थाले विगतदेखि नै विपन्न, असहाय तथा समस्यामा परेका परिवारलाई लक्षित गरी यस्ता सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ। यस किसिमको पहलले आर्थिक अभावमा रहेका परिवारलाई राहत पुग्नुका साथै सामाजिक सद्भाव समेत बढाउने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय