नेपाललाई ओमानले दियो ३०६ रनको लक्ष्य

spot_img

काठमाडौं,१६ वैशाख । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनायो।

ओपनर जतिन्द्र सिंहले ९६ बलमा १३० रनको उत्कृष्ट पारी खेले। अशिष ओडेराले ४८, आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन थपे।

नेपालका सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय