उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना

spot_img

काठमाडौँ,१६ वैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरलाई उपचारका लागि किस्ट अस्पताल भर्ना गरिएको छ।

अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार उनलाई बुधबार बिहान अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो। तत्काल उपचार सुरु गरिएको र हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।

अस्पताल प्रशासनका अनुसार ठाकुरको विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ। स्वास्थ्य समस्याको वास्तविक कारण पत्ता लगाउन विभिन्न परीक्षणहरू जारी रहेका छन्।

उपसभामुख ठाकुरको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय