काठमाडौँ,१६ वैशाख । बालेन्द्र शाह (बालेन ) नेतृत्वको सरकारले छोटो समयमै अध्यादेशमार्फत कानुनी संशोधनलाई तीव्रता दिएको छ। सरकारले वैशाख १४ र १५ गते गरी दुई दिनभित्रै ५ वटा अध्यादेश जारी गर्नका लागि रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो।
वैशाख १४ गते सरकारले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ तथा सहकारी ऐन, २०७४ संशोधन गर्ने अध्यादेश सिफारिस गरेको थियो। त्यसपछि वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्ने अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस गरिएको जनाइएको छ।
यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विभिन्न दलहरूको बैठक बसेको थियो। उक्त बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सरकारको यो कदम उल्लेख गरिएको हो।
विज्ञप्तिमा भीष्मराज आङदेम्वे, रामबहादुर थापा बादल, युवराज दुलाल र सरस्वती लामा ले हस्ताक्षर गरेका छन्। दुई दिनमै ५ अध्यादेश सिफारिस गरिएको विषयले राजनीतिक वृत्तमा चर्चा र चासो बढाएको छ।

