बीरगन्ज,३० मंसिर – पर्साको बीरगन्जमा संचालनमा रहेको एक दर्जन भन्दा बढी प्राईवेट हस्पिटल एवं मेडिकल क्लिनिकको लगानी डुब्ने अवस्थामा पुगेको छ । बीरगन्ज महानगरपालिकामा पछिल्लो समय धमाधाम ठूला लगानीमा अस्पतालहरु खुलेका थिए । खुलेका अस्पतालहरुमा बिरामी भर्ना नभएपछि संचालनमा कठिनाई भएको छ । लगानी कर्ताहरुका अनुसार अस्पतालमा आर्थिक संकट चुलिएको र लगानी उठाउन समेत धउधउ रहेको छ ।
कतिपय अस्तालमा एक हप्तादेखि इमेजेन्सीमा समेत एक जना पनि बिरामी चेकअपका लागि आएका छैनन् । ठूला लगानीका गण्डक हस्पिटल,इण्डो अस्पताल,सिटि,निलकण्ड लगायतको अस्पातलहरुमा बिरामीको चाप न्युन रहेको एवं खर्च आम्दनी भन्दा दोब्बर रहेको कारण अस्पताल नै बन्द हुने अवस्थामा पुगेको छ ।
त्यसै बीरगन्जको बीरगन्ज टोलमा मादण्ड बिपरित खुलेका थुपै मेडिकल निजि क्लिनिकहरु समेत बन्द हुने अवस्था पुगेको छ । बजार सेर्वे नै नगरी बिना सुबिधा एवं बिज्ञ चिकित्सकहरु बिना ठूला लगानी गरिएको कारण पनि समस्या भएको जनाकारहरुको भनाई छ ।
अस्पातलहरुले मात्र ठूला ठूला भवन खडा गरेको तथा इक्युपमेण्ड,बिज्ञ चिकित्सक तथा टेकनिसियनहरुमा लगानी नगरेको कारण सेवाग्राहीलाई आकर्षित गर्न नसिएको बीरगन्जका पुराना चिकित्सकहरुको भनाई छ । यसमा सरकारको पनि ठूलो लापरवाही रहेको बिज्ञहरु बताउँछन् । टोलै पिछे मापदण्ड बिपरित अस्पताल खोलिएको कतिपय अस्पतालहरुमा एबुलेन्स जाने समेत वाटो नरहेको कारण सेवाग्राही अस्पातल पुग्न नसेको हो ।
बीरगन्जमा मेडिकल क्षेत्रमा लगानी भएको अर्बौको लगानी डुब्ने अवस्थामा पुग्दा पनि लगनाी बचाउने तर्फ कुनै पनि निकायले ध्यान दिएको छैन् । अर्को तर्फ बीरगन्जको उपचार पद्धती एवं डाईग्नोसिसमा आम जनताको बिश्वास नरहेको कारण खुनेखानेहरु बीरगन्ज भन्दा भरतपुर,काठमाडौं एव भारतको बिभिन्न शहरमा उचारका लागि जाने गरेका छन् । अहिल बीरगन्ज ठूला लगानीमा खुलेका अस्पतालहरु सुनसाथ देखिन थालेको छ ।

