वीरगंज,१७ फागुन – वीरगंजको नेशनल मेडिकल कलेजमा देखिएको सम्पती बिवाद थप पेचेलो बन्दै गएको छ । कलेजको सेयर बाडफाडको बिवाद सहतमै आएको बेला कलेजमा शुरु भएको कर्मचारी आन्दोलनले कलेजलाई थप्प बिवादमा तानेको छ । कलेजको काम कारवाहीमा कैफियत देखिएको भन्दै आफ्नै भाई बसरुद्दिन अंसारीलाई बोर्डले प्रबन्ध निर्देशकबाट हटाएपछि लामो समयदेखि घरसायी रुपमै रहेको बिवाद बजारमा छताछुल्ल भएको हो ।
कलेजका नवनियुक्त प्रबन्ध निर्देशक एवं डा. जैनुदिन अंसारीका सुपुत्र शाहनवाज अंसारीले हाल कलेजमा देखिएको कर्मचारी आन्दोलन तथा प्रशासनिक बिवाद काकाले नै गराई रहेको दावी गरेका छन् । नेशनल मेडिकल कलेज बीरगंजका पूर्व प्रबन्ध निर्देशक समेत रहेका काकालाई बोर्डको पूर्ण बहुमतले एमडीबाट हटाएपछि उनले बिभिन्न सड्यन्त्रहरु गर्दै कलेजलाई बिवादमा तान्न खाजेको आरोप नव नियुक्त एमडी शाहनवाज अंसारीको छ ।
उनले आन्दोलनरत कर्मचारीहरुको जायज माग पुरा गर्न कलेज प्रशासन तयार रहेको भएपनि अनावश्यक रुपमा माग राखी बर्ताबाट भाग्न खोज्न उचित नभएको बताए । आन्दोलन प्रयोजित रहेको भएपनि कर्मचारीहरुको जयाज माग पुरा गर्न आफुहरु तयार रहेको नव नियुक्त प्रबन्ध निर्देश अंसारीको भनाई छ ।
नेपाल सरकारले मेडिकल क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेको बताउँदै उनले कर्मचारीहरुले कानुनको उल्घंन गरी बिरामीहरुलाई प्रदान गर्ने उचार तथा सेवामा बाधा पु¥याउँनु निदनीय कार्य रहेको बताए
आन्दोलनमा सहभागी भनिएका केहि कर्मचारीहरुको सम्बन्ध एनएमसीसँग नरहेको समेत उनको भनाई छ । कलेजको कर्मचारी समेत नरहेको व्यक्तहरु आन्दोलनमा सहभागी भई रहेको कुरालाई कलेज प्रशासनले गम्भीर रुपमा लिएको एमडी शाहनवाज अंसारीको भनाई छ ।
नेपाल सरकारले २०७८ साल मंसिर २७ गते राजपत्रमा प्रकाशित गरी स्वास्थ्य सेवा लगायतको क्षेत्रमा आन्दोलन हड्ताल लगायतको क्रियाकलाप गर्न बन्देज गरेको भएपनि त्यसलाई लत्याएर कर्मचारीहरु आन्दोलनको नाममा मेडिकल क्षेत्रको काम कारवाहीमै बाधा पु¥याएको कलेज प्रशासनको भनाई छ ।
कलेज र आन्दोलनरत कर्मचारीहरु बिच बुधवार भएको बर्ता बिना निस्कर्ष सकिएपछि कर्मचारीहरुले बिहिवार पनि दिनभर कलेज प्रशासनको मुलगेटमै धर्नामा वसेको र नाराजावा गरेका छन् । कलेज प्रशासनले हालै गठन गरिएको कर्मचरी ट्रेड युनियन फर्जि रहेको र कलेजका पूर्व प्रबन्ध निर्देशकले कलेजको छाप,लेटर प्याड तथा हस्ताक्षर समेत किर्ते गरेको आरोप लगाएको छ । कलेजका नव नियुक्त एमडी शाहनवाज अंसारीले कलेजमा काम नगरी दादागिरी गर्ने एवं काममा बाधा पु¥याउँने कर्मचारीहरुलाई धेरै पहिला नै निस्कासित गरिएको बताउँदै सबै कर्मचारीहरु कलेज प्रशासनले गरेको निर्णयको पक्ष रहेको दावी गरे ।

