Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

समस्या समाधानको उपाय अराजक गतिबिधि हुन सक्दैन् ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सम्पादकीय
पर्साको धोविनी गाउँपालिकामा भुक्तानीको बिषयलाई लिएर हुने गरेको बिवाद कुनै नौलो होइन् । पटक पटक जनप्रतिनिधि एवं कर्मचारीहरु बिच योजना कार्यवन्यन एवं भुक्तानीको बिषयमा बिवाद हुदै आएको छ । तर २० गते मंगलबार कुरा यतिसम्म बिग्रियो कि कर्मचारी एवं जनप्रतिनिधिहरु बिच हात हलाहालको स्थिती सृजना भयो ।

जनप्रतिनिधिहरुले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको एवं वीरगंजबाटै समान्तर कार्यालय संञ्चालन गरेको आरोप लगाउँदै बिवाद सृजना गरेका थिए । तर कर्मचारीहरुले भने नियम बिपरित भुक्तानीको लागि दवाव दिएपछि बिवाद भएको बताउँदै आएका छन् । बिवादपछि सत्य तथ्य कुराको छानबिन गर्न प्रहरी प्रशासनले एक जनालाई पक्राउ गरी काम गरी रहेको छ । सत्य तथ्य कुरा प्रहरी अनुसन्धानबाट खुल्ने छ । तर जुन खालको गाउँपालिका अध्यक्षकै कार्यालय कक्षमा क्रियाकलापहरु सृजना भयो । त्यसले स्थानिय तहमा अराजकता भइरहेको संकेत गरेको छ । यसले कर्मचारीहरु त्रसित हुने अवस्था सृजना गरेको छ । गल्ती गर्ने पक्षलाई कारवाही गर्ने एवं कारवाहीको लागि सोधिखोजी गर्ने प्रयाप्त ठाउँहरु हुदा हुँदै आफै न्यायधिस बन्ने अधिकार कोही कसैलाई छैन् ।

धोविनीगाउँपालिका बिगतदेखि वर्तमानसम्म भ्रष्टाचारमा लिप्त रहेको कुरा कसैसँग नलुकेको र त्यसमा धेर थोर कर्मचारी पक्ष र जनप्रतिनिधिहरु दुवैको मिलोमतो रहेकोमा कुनै शंका छैन् । कर्मचारीहरुले काम कारवाहीलाई नियम संगत रुपमा सम्पादन गर्नु पर्ने एवं जनप्रतिनिधिहरुले योजना तजुर्मा,कार्यवन्यन एवं अनुगमनलाई चुस्त बनाउँनु पर्ने हो । धोविनी गाउँपालिकामा भन्ने दुवै कुराको कमी देखिएको छ । तर कुरा मारपिटबाट मात्रै समाधान हुन्छ भन्ने पक्षमा हामी छैनौ । समस्या सधानको लागि अन्य बिवेक पूर्ण उपायहरु अपनाउँन सकिन्थ्यो ।

जुन कुरा हुन सकेन् । जसको फलस्वरुप स्थिती हानाहानको सृजना भयो । कहि नकहि स्थानिय स्तरमा आएको अधिकारको जनप्रनिधिहरुले दुरुपयोग गरिएको देखिन्छ । यसले स्थानिय तह एवं संघियतालाई कमजोर गर्ने काम गर्ने छ । पालिकाहरुमा कर्मचारीको कमी हुनु एवं कर्मचारीहरुकै मिलोमतोमा भ्रष्टाचार हुनुमा सबै भन्दा बढी दोषी जनप्रतिनिधिहरु नै रहेको बिभिन्न घटनाहरुले प्रष्ट पारी सकेको छ ।

अतः जनप्रतिनिधिहरुलाई आफ्नो आचरणमा सुधार गर्न आवश्यक छ । त्यसको साथसाथै कर्मचारीहरु पनि आर्थिक प्रलोभनमा नपरी कानुनले दिएको अधिकारीहरुको पालाना गर्दै काम गर्न सके मात्र नेपाल बन्न सक्छ । नेपाल निर्माणमा सबैको सहभागी र भागेदारी हुनु पर्छ । जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा सुधार ल्याई अगाडी बढनु पर्छ एवं भ्रष्टाचारी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सहयोग गर्नु पर्छ । तर त्यसको बिकल्प कुटाकुट हानाहान एवं कुनै किसिमको अराजक गतिबिधि हुन सक्दैन् ।

ताजा समाचार

थप समाचार