अपेक्षाकृत रुपमा राजश्व राम्रै उठेको सुख्खा बन्दरगाह वीरगंजको दावी

spot_img

वीरगंज,१२ बैशाख – वीरगंजको सिर्सिया सुख्खा बन्दरगाहले चालु आर्थिक बर्षको फागुन मसान्त सम्मका लागि पाएको लक्ष्य भेटाउन नसके पनि राश्जव असुलीमा आपेक्षाकृत सफलता प्राप्त गरेको छ । सुख्खा बन्दरगाहले सबै भन्दा बढी शुरुको श्रावन महिनामा ९७.०१ प्रतिशत र सबै भन्दा कम फागुन मसान्तमा ६२.४५ प्रतिशत राजश्व उठाएको छ ।

सुख्खा बन्दरगाह कार्यालयले श्रावन महिनामा ४ अरब २४ करोड ६३ लाख ३५ हजार रुयैया बराबरको लक्ष्य पाएकोमा ४ अरब ७ करोड ६९ लाख ९५ हजार राजश्व उठाउँन सफल भएको थियो । फागुन मसान्तको लागि ५ अरब ७९ करोड ७६ लाख ५४ हजारको लक्ष्य प्राप्त गरेकोमा ३ अरब ६२ करोड ४ लाख ४६ हजार राजश्व मात्र उठाउन सकेको हो ।

आर्थिक बर्ष ८०/८१ को शुरुमा राजश्व राम्रै उठाएको भएपनि फागुन मसान्तमा देशको आर्थिक अवस्थाको कारण फलाम लगायतको केहि कच्चा प्रदार्थको अयात कम भएपछि त्यसको मार राजश्वमा परेको सुख्खा बन्दरगाह कार्यालका सुचना आधिकारी सुशिल शर्माले बताए । चालु आबको लागि सुख्खा बन्दरगाह कार्यालयले ६५ अरब ९४ करोड १ लाख २२ हजार राजश्व उठाउने लक्ष्य पाएकोमा फागुन मसान्तका सम्म ३२ अरब १६ करोड २६ लाख ९७ हजार राजश्व उठाउन सफल भएको छ । जुन प्रतिशतमा ४८.७८ रहेको छ ।

कार्यालयका सुचना अधिकारी शर्माका अनुसार अहिले समय रहेको र राजश्व अपेक्षाकृत रुपमा राम्रै उठानेको दावी गर्दै पाएको लक्ष्य उठाउने प्रयासमा कार्यालयले गरी रहेको बताए । उनले राजश्व सकंलन आर्थिक बर्ष ७९÷८० को भन्दा राम्रो रहेको बताए । उनले चालु आर्थिक बर्षमा धेरै उत्पादन मुलक कम्पनीहरुले कच्चा पदार्थ आयतमा कटौती गरेको कारण राजश्व संकलनमा केहि गिरावट आएको बताए ।

देशको आर्थिक मन्दीको असर राजश्व संकलनमा पनि परेको शर्माले बताए । कार्यालयले आब ७९/८० मा पाएको लक्ष्यमा ६२.८८ प्रतिशत राजश्व मात्र उठान सफल भएको थियो

spot_img

ताजा अपडेट

लोकप्रिय