वीरगंज,३१ बैशाख – पाेखरिया नगरपालिकाका याेजना शाखा प्रमुख संजय पाण्डेले मेयर प्रधुन चाैहानलाई प्रभावमा पारेर याेजना बिक्री गरिरहेकाे सामाचार प्राप्त भएकाे छ ।
पाेखरिया नगरपालिकामा हालीमुहाली रहेका पाण्डेले विभिन्न ठेक्दारहरुसंग विकास निर्माणकाे याेजना उपलब्ध गराइदिने भन्दै अग्रिम कमिशन असुल्दै आएका छन् । समाचार स्राेतका अनुसार उनले एउटै याेजनाकाे लागि २/३ जना ठेक्दारसंग कमिशन वापतकाे रकम असुल्दै आएका छन् ।
याेजना कै लागि उनकाे अघिपछि दिनहुँ विभिन्न ठेक्दारहरु घुमिरहेकाे प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तत्कालिन जिल्ला विकास समितिकाे जिन्सि शाखा प्रमुख हुँदादेखि नै ठेक्दारसंग सेटिङ मिलाउन माहिर मानिएका उनी पाेखरिया नगरपालिकामा त्यँही काम गर्दै आएका छन् ।
उनले जिल्ला विकास समितिकाे जिन्सि शाखाकाे फर्छाैट पनि हाल सम्म गरेका छैनन् । उनी जिल्ला बिकास समितिका जिन्सी शाखा प्रमुख हुँदाकाे समयमा खरिद गरिएका सामानकाे रेकर्ड पनि हालकाे जिल्ला समन्वय समितिमा बुझाएका छैनन् । जिल्ला समन्वय समितिबाट पाेखरिया नगरपालिका गएपछि त्यहाँ भए गरेकाे कामकाे फर्छाैट गरेर जानु पर्नेमा उनी पहुँचकाे आधारमा हाल सम्म गरेका छैनन् ।
जिल्ला समन्वय समितिले पाण्डेलाई जिन्सि शाखाकाे पर्छाैट गर्न बारम्बार पत्रचार गर्दा पनि उनले राजनीतिक पहुँचकाे आधारमा उन्मुक्ति पाउँदै आएका छन् । तत्कालिन जिल्ला विकास समितिमा भएकाे भ्रष्टाचारकाे पाेल खुल्ने डरले उनले फर्छाेट नगरेकाे जानकारहरु बताउँछन् ।
पाेखरिया नगरपालिकाका यस अघिका मेयर दिपनारायण राैनियारसंग पनि नजिक रहेका पाण्डेले हालका मेयर चाैहानसंग पनि उतिकै नजिक रहेका छन् । मेयर चाैहानका साथ साथै प्रमुख प्रशासकिय अधिकृत अजय श्रीवास्तवलाई पनि आर्थिक प्रभावमा पारि विकास निर्माणका याेजनाहरु उनले कमिशनकाे आधारमा बिक्री गर्ने गरेका कारण गुणस्तरिय विकास निर्माणकाे काम हुन नसकेकाे स्थानियहरुले वताएका छन् ।
त्यति मात्र नभई विभिन्न दलालहरुकाे मिलाेमताेमा पाेखरीयाकाे बदनामी गराउने तानाबुना बुन्दै आएकाे एवं नगरपालिकालाई धवस्त पार्ने गितिबधीमा समेत लागेकाे स्रोतको दावी छ । बिगतका हाकिमहरुलाई भगाउने गतिविधिमा समेत पाण्डेकै हात रहदै हाएकाे छ ।

