बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
24.1 C
Kathmandu
32.3 C
Birgunj

गरिब मुलुकमा महामारी कोषको हिस्सा बढाउन माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ जेठ । नेपालसहित गरिब मुलुकमा महामारी कोषबाट आउने रकमको हिस्सा बढाउन नेपाल लगायतका कम विकसित मुलुकले माग गरेका छन् ।

- Advertisement -

ठूला अर्थतन्त्र भएका मुलुक र विश्व स्वास्थ्य संगठनबीच मे २०२४ को अन्तिमसम्म महामारी कोष सञ्चालन गर्ने सम्बन्धमा सम्झौताको निर्णय हुने तयारी छ ।

यसमा सकेसम्म नेपालजस्ता मुलुकको हित हुने गरी पहल भइरहेको स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्र रमण सिंहले बताए ।

- Advertisement -

एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ)ले गरिब मुलुकमा महामारी कोषको रकम बढाउन माग गर्दै विश्वभर अभियान थालेको छ ।

सो अभियानलाई नेपाल सरकारले समेत स्वागत गरेको निमित्त सचिव सिंहले जानकारी दिए । कोभिड-१९ पछि महमारी कोषको अवधारणा अगाडि बढेको हो ।

एएचएफले सेभ आवर सोसाइटी नारासहित गरिब मुलुकमा सहायता बढाएर मानव जगतलाई बचाउन आह्वान गरेको हो ।

एएचएफका अनुसार कोभिड महामारीको समयमा गरिब मुलुकले भोगेको असमानता पुनः नदोहोरियोस् भन्ने उद्देश्यले यस्तो माग गरिएको हो । सो बेला गरिब मुलुकले ढिला मात्र खोप प्राप्त गरेका थिए ।

साथै खोप खरीदमा महँगो पर्दा गरिब मुलुकहरू थप समस्यामा परेका थिए । गरिब मुलुकहरूले सुरुमा मास्क र सामान्य उपचारका लागि समेत तड्पिनु परेको थियो ।

सो अवस्था अब नआओस् भनेर गरिब मुलुकलाई महामारी कोषको सहायता बढाउन आह्वान गरिएको एएचएफले जनाएको छ ।

महामारी कोषको आकार १० बिलियन डलर पुर्‍याउने र सोबाट हरेक वर्ष १ बिलियन डलर वितरण गर्ने तयारी छ । यसको सञ्चालन विश्व बैंकले गर्नेछ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार