मधेश र कोशीलाई एउटै प्रदेश बनाउन सकिने पूर्व मुख्यमन्त्री कार्कीको भनाई

spot_img

वीरगंज,२७ असार – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मधेश र कोशी प्रदेशलाई एउटै प्रदेश बनाउन सकिने बताउनु भएको छ । मधेश,पहाड र हिमाल जोडेर संघियाता झनै बलियो हुने नेता कार्कीको तर्क छ । मधेशलाई चुरेको पानी र हिमालको रेमिटान्सपनि जरुरी रहेको चर्चा गर्दै यसलाई जोडन सके संघियता अझै बलियो हुने कार्कीले ठोकुवा गरे ।

वीरगंजको कन्ट्रीइन होटलमा प्रेस युनियन पर्साले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता कार्कीले दुई ठूला दहरु मिलेपछि राजनितिक स्थिरता कायम हुनेमा आशावादी रहेको बताए । परिवारिक काम बिशेषले वीरगंज पुगेका नेता कार्कीले पसेर्ली संचारकर्मीहरुसँग कुराकानी गर्दै संविधानमा केही त्रुटीहरु रहेको तथा ठूला दल मिलेरपछि ती त्रुटीहरुलाई संशोधन गर्न सकिने बताए । उनलेपार्टीका नेता डा. शेखर कोईरालाले बिगत लामो समयदेखि संविधानमा भएको त्रुटीहरुलाई सच्याउनु पर्छ तथा दुई ठुला दल मिलेर देश पनि चलाउनु पर्छ भन्ने पहल गर्दै आउनु भएको बताए ।

दूई ठूला दल बिच संबिधान संशोधन गर्ने बिषयमा सहमती भएको कुराहरु बाहिर आएको भएपनि त्यो लिखित रुपमा नआएको कारण थोरै अन्यौल रहेको नेता कार्कीको भनाई छ । त्यसैले संविधानमा भएको त्रुटी सच्याउनु पर्छ भन्ने कुरामा हाम्रो खबरदारी पनि जरुरी रहेको नेता कार्कीले बताए ।

एक फरक प्रसंगमा नेता कार्कीले जब सम्म राजा रहन छ, तब सम्म देशमा राजालाईपनि केहि ठाउँ दिनु पर्छ भन्ने कुराको वहस भइ रहने बताए । यसलाई हामीले समान्य रुपमा आफुले लिनु पर्ने उनको भनाई छ । तर अब देशमा राजा कार्यकारी नहुनेमा ढुक्क रहन कार्कीले सबैमा अपिल गरे । एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै नेता कार्कीले दुई ठूला दल मिलेर साना दल समाप्त हुने बताए । मधेश प्रदेशमा जनमत पार्टीलाई समर्थन दिएर नेपाली कांग्रेस सबैलाई साथमा लिएर हिडन तयार रहेको कुरालाई प्रष्ट गरेको उनले बताए ।

प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी लगायतको पनि उपस्थिती रहेको थियो । मन की बात नाम दिइएको पत्रकार सम्मेलनको सहजिकरण प्रेस युनियनका इरफान अंसारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय