जिल्ला अदालत पर्साद्वारा आब २०८०/०८१ मा झण्डै ५७ प्रतिशत मुद्दा फर्छ्यौट

spot_img

वीरगंज,२ साउन – जिल्ला अदालत पर्साले आर्थिक बर्ष २०८०/०८१ मा झण्डै ५७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदालत पर्सालाई ०८१ को असार मसान्त सम्म जम्मा १४ हजार १ सय ६६ वटा मुद्दा लगत प्राप्त भएकोमा सो मध्ये ५६.९९ प्रतिशत मुद्दा फ्छयौट गरेको छ । आर्थिक २०७९/०८० को सोहि अवधीमा जिल्ला अदालत पर्साले जम्मा प्राप्त लगत मुद्दाको ४७.६४ प्रतिशत मात्र फर्छ्यौट गरेको थियो ।

पछिल्लो ४ आर्थिक बर्षको अवधीमा तुलनात्मक रुपमा जिल्ला अदालत पर्साले मुद्दा फर्छ्यौटको आकडालाई थोरै सुधार गरेको छ । जिल्ला अदालत पर्सामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा वितरण गरिएको बार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९/०८० को जिम्मेवारी बाट सरी आएको ६ हजार ८ सय ६५ मुद्दा र आर्थिक बर्ष २०८०/०८१ मा दर्ता भएको ७ हजार ३ सय १ मुद्दा गरी जम्मा १४ हजार १ सय ६६ मुद्दा फछर्यौट गर्ने जिम्मेवारी पाएकोमा पर्सा अदालतले ८ हजार ७४ मुद्दा फर्छ्यौट गरेको तथ्याङ्क बिवरण उल्लेख रहेको छ ।

पर्सा अदालतको प्रगति प्रतिवेदन अनुसार यस आबमा १४८८।०।९ बर्ष कैद असुली तथा रु ३५१४०३६९।८० जरिवाना असुली गरिएको छ । त्यसैगरी बिशेष अभियान अन्तर्गत १५२।६।८० बर्ष कैद असुल र रु ९२६४४९०।४६ जरिवाना असुली गरेको छ ।

आम जनतालाई न्यायमा पहुचका लागि ३ ठाउँबाट निशुल्क कानुनी सेवा प्रवाह भइरहेको एवं बिचौलीयाले मुद्दालाई प्रभावित नगरोस भन्ने कुरालाई मध्य नजर गर्दै गेट पास दिएर मुद्दामा आवश्यक पर्ने व्यक्तिलाई मात्र अदालतमा प्रवेश गर्ने व्यवस्था मिलाइएको जिल्ला अदालत पर्साका १ नम्बर बेन्चका श्रीमान् न्यायधिश दिपक खनालले बताए । पत्रकारहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै न्यायधिश खनालले अहिले पनि प्रचार प्रसारको कमीका कारण गरिब तथा अशिक्षित जनताहरुलाई निशुल्क कानुनी सेवा वारे जानकारीको अभाव रहेको बताए ।

उनले अदालतको बिषयमा बाहिर हुने गरेको हवादारी कुरालाई समेत छिर्न हामीले प्रयास गरी रहेको बताए । यसमा सबैको सहयोग आवश्यक पर्ने उनले बताए । अदालतले गर्ने काम कारवाहीको पारदर्शिता बनाउँने काम हामीले गरेको तथा त्यसको साथै गोपनियतालाई पनि ध्यायनमा राखेको न्यायधिश खनालले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा श्रीमान् न्यायधिश खनाल सहित आन्नद प्रसाद श्रेष्ठ, नन्दकिशोर यादव,मुकुन्द आचार्य,श्रेस्तादार धरेन्द्र अधिकारी,तहसिलदार सुदिप पोखरेल,पत्रकार एव अधिवक्ता रामनारायण कुर्मी र बिरेन्द्र यादव लगायतको समेत उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय