लोपेज र एफ्लेकको डिभोर्स हुँदै

spot_img

५ भदौ, काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लोपेज र पति बेन एफ्लेक आधिकारिक रूपमा अलग हुने भएका छन् । लोपेजले लस एन्जलसस्थित अदालतमा डिभोर्सका लागि निवेदन दिएको मिडिया रिपोर्टमा बताइएको छ । ​​​​​​​लोपेजले मङ्गलबार लस एन्जलसमा आफ्नो दुई वर्षको वैवाहिक सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सिएनएनले उल्लेख गरेको छ ।

२०२२ मा विवाह गरेका लोपेजबेन पछिल्लो समय अलग अलग बस्ने गरेको बताइएको थियो ।  यस अघि उनीहरु २००१ देखि २००४ को जनवरीसम्म रिलेसंसिपमा थिए र विवाहको मिति समेत घोषणा भएपछि विवाह स्थगित गरेका थिए । तर त्यसको २० बर्षपछि दुवै फेरी एक साथ आएर २०२१ देखि रिलेसनसिपमा रहेका थिए । अहिले दुवैबीचको डिभोर्सको खबरपछि लोपेजले आफ्नो समर टुर रद्ध गरेकी छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय