UPDATE : मृतक युवाको श्रीमती अर्कैसँग प्रेम सम्बन्ध रहेको रहस्य उजागर, घटनामा प्रेमीको संलग्नता हुन सक्ने आसंका

spot_img

वीरगंज,२ कार्तिक। मृत अवस्थामा भेटिएका वीरगंज महानगरपालिका वडा नं। ३ छपकैया निवासी बिरेन्द्र साहको श्रीमतीको अर्कै केटासँग प्रेम सम्बन्ध रहेको रहस्य खुलेको छ । मृतक साहको श्रीमती केहि दिन अगाडी एक जना भारतीय युवकसँग घर छोडी भागेकि थिइन् । साे घटनालाई स्थानियहरुले सामसुम पारी श्रीमतीलाई पुन घर फर्काएका थिए ।

उनको श्रीमतीको प्रेमी भनिएका भारतीय युवक मृतक साहकै घरमा डेरामा बस्दै आएका थिए । मृतक युवक घरबाट मेला हेर्न सिमावर्ती शहर रक्सौल नजिकै रहेको मुसहरवा गएको तथा सो पश्चात सम्पर्क बिहिन भएको परिवारिक स्रोतको भनाई छ । मेलाबाट फर्किएर डेरामा वस्दै आएका ती भारतीय युवक डेरा खाली गरी फरार भएका थिए ।

स्थानियहरुका अनुसार ती केटाले साह श्रीमतीसँग गरेको कुराकानी अडियो तथा म्यासेजहरु भेटिएको छ । त्यसको अधारमा युवकको हत्या भएको हुन सक्ने स्थानियहरुले अनुमान गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाराले सोधपुछको लागि मृतक युवाको श्रीमतीलाई पक्राउ गरेको छ । साथै ति महिलाकाे काँखे सानो बच्चा रहेको तथा महिला बिमार रहेको कारण सोधपुछमा समेत लागि कठिनाई भईरहेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले नेपाल पाेष्ट डेलीलाइ बताए ।

शवलाई पोस्टमाटमपछि परिवारको जिम्मा लगाइएको तथा रिपोर्ट आएपछि केहि खुल्ने प्रहरी उपरीक्षक खड्काले बताए । घटनाको सुक्ष्म अनुसन्धान भइरहेको तथा सबै कुरा बिस्तारै खुल्दै जाने प्रहरी उपरीक्षक खड्काको भनाई छ । तीनदेखि बेपता रहेको युवकको शव बारा प्रसौनी गाउँपालिका वडा नं। १ स्थित त्रिवेणी नहरमा बिहिवार बिहान १० बजेको समयमा फेला परेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय