वीरगन्ज,१८ मंसिर । वीरगन्जका पत्रकार सरोजसिंह खडकाको निधन भएको छ । खड्काको ६२ वर्षको उमेरमा गएराति निधन भएको परिवारजनले जानकारी दिएको छ ।
केही समयदेखि अस्वस्थ रहनुभएका खडकाको नारायणी अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचारपछि घर फर्किनु भएको थियो ।
उनको वीरगन्ज महानगरपालिका वडा नं. १३, मुर्ली नयकाटोलास्थित आफ्नै निवासमा निधन भएको हो । पत्रकारिता क्षेत्रमा लामो समयसम्म आफ्नो कलम चलाउँदै आएका खडका वीरगन्जका विभिन्न पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा संलग्न रहँदै आउनु भएको थियो ।
उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् । उनकाे निधनसँगै पर्सा जिल्लाको सञ्चार क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको उहाँका सहकर्मीहरु बताउछन् ।
पारिवारिक स्रोतका अनुसार खड्काको आज बिहान वीरगन्जको अशोकवाटिकास्थित श्मशानघाटमा अन्तिम संस्कार गरिएको छ ।




