Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

भक्तजनहरुको आस्थाको प्रतिक हो बलीप्रथाः महासचिव यादव

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, २० मसिर । बाराको महागढीमाई नगरपालिका वरियारपुरस्थित गढीमाई पञ्चवर्षीय मेला गत मसिर एक गतेदेखि सूरु भइसकेको छ । पशु बलीका लागि विश्वमै प्रसिद्ध गढीमाई मेलाको तयारी मेलाको विशेषता, बालबालिका, युवा वृद्धवृद्धा भक्तजनहरुका लागि विशेष के छ ? गढीमाई माताको दर्शनका लागि के कस्ता व्यवस्था रहेको छ जस्ता सेरोफेरोमा केन्द्रित भएर नेपाल पोष्ट टिभी विरगन्जका सहकर्मी मनोज कुमार पटेलले मेला व्यवस्थापन मूल समितिका महासचिव वीरेन्द्र प्रसाद यादवसँग कुराकानी गरेका छन् । कुराकानीका मुल अशंहरुः

- Advertisement -

अगाडीदेखिनै लागिरहेको गढीमाई मेला विधिवत रुपमा सुरु भएको घोषण गर्नु भयो । आज किन औपचारिक रुपमा मेलाको सुरुवात भएको घोषणा गर्नु भयो ?

नेपाल पोष्ट टिभीमार्फत् आफूलाई हेरिरहेका सम्पूर्ण दर्शकहरुलाई महागढीमाईको पञ्चवर्षीय मेला २०८१ म्सिरको एक गतेदेखि नै सुरु भइसकेको जानकारी गराउँदै महासचिव यादवले भने,“आज उपराष्ट्रपति रामसहाय यादवद्धारा माताको दर्शन एवम्र पुजाआरधना पश्चात् सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय प्रशासन लगायत मेला लागीरहेको सम्पुर्ण क्षेत्रको निरीक्षण तथा अवलोकन गरी मेलाको विधिवत रुपमा उद्घाटन गर्नु भएकोले हामीले आजदेखि औपचारिक रुपमा मेला सूरुवात भएको बताएका हौं । ”

- Advertisement -

महासचिव यादवका अनुसार मेलामा आउने दर्शनार्थीहरुका सहजताका लागि मन्दिर प्राङगणबाट आधा, एक सवाएक र डेढ किलोमिटरको दुरीमा मन्दिर आइपुगिने चारै बाटोमा ६ वटा पार्किङस्थलको व्यवस्था रहेको छ । जहाँ दर्शनार्थीहरुको सुविधाका र सवारी साधनको सुरक्षा लागि मोटरसाइकलको शुल्क रु २०, चारपाङ्ग्रे साना सवारी साधानको रु ५० र चारपाङ्ग्रे ठुला सवारी साधन जस्तै बसका लागि रु १०० सुल्क निर्धारण गरिएको छ । त्यसै गरी एउटा साना सवारी साधनमा आउने सम्पुर्ण दर्शनार्थीहरुका लागि निशुल्क भोजनको, स्वास्थ्य, खानेपानी, साथै हरेक पार्किङ स्थलमा १५ हजारदेखि २० हजार जना सम्म रहने सक्ने गरी त्रिपाल भित्र पराल ओछ्याएर बासको व्यवस्थाका साथै दर्शनार्थीहरुको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली २४ सै घण्टा परिचालन गरिने छ ।

गढीमाईको मेलामा एकदमै बाटो जाम हुने समस्या परम्परा जस्तै भईसकेको छ । गढीमाई मन्दिर आउने चार बाटोहरु छन् । ती बाटोहरुबाट आउने दर्शनार्थीहरुका गाडीघोडा राख्न पार्किङको व्यवस्थापन कसरी गर्नुभएको छ ?

गढीमाईको पञ्चवर्षीय मेलामा सबैभन्दा धेरै दर्शनार्थीहरु आउने भनेको छिमेकी मुलुक भारतबाट भएको बताउँदै भारतको रक्सौल नाका भएर आउने भक्तजनहरुका लागि,वीरगन्जबाट कलैया हुँदै मन्दिर आउने बाटोको पसाह पुल नजिक १ नम्बरको पाकिंङ स्थल,त्यस्तै छौद्रापुरबाट आउने भक्तजनहरुका लागि मैनीका पिपलको रुखमा पार्किङ स्थल, उता आदापुरबाट आउनेका लागि भुतही नदीको क्षेत्रमा पार्किङस्थल, इनरुवा बरियापुरमा त्रिपाल, शौचालय, खानेपानी, भोजन, सुरक्षा लगायतका सुविधा सम्पन्न पार्किङस्थलको व्यवस्था रहेको उनले बताए । त्यसैगरी आसपासका जङगलको बाटो भए आउने बारगढी गाउँपालिका, करैयामाई गाउँपालिकाबाट आउने दर्शनार्थीहरुका लागि रागाको बली दिने स्थानको ठीक पछाडी भवानीपुरमा पार्किङको व्यवस्था गरिएको उनको भनाई छ । उता कलैबाट भवानीपुर हुँदै आउनेहरुका लागि मलनी स्थित आर्यन चिम्नको नजिकै पार्किङ स्थलको व्यवस्था रहेको एनपीडीसँगको कुराकानीमा बताए ।

पार्किङ स्थल मन्दिरबाट टाढा हुँदा बालबालिका, वृद्धवृद्धा, अपाङगता भएका व्यात्ति लगायत महिला दर्शनार्थीहरुका लागि लामोसमय पैदल हिेडेर मन्दिर आइपुग्न समस्या हुने गरेको पाइन्छ यस विषयमा कतिको ध्यान दिनुभएको छ ?

महासचिवले वि। स। २०७६ सालको मेलामा व्यवस्था गरिएको पार्किङ स्थलको स्मरण गर्दै भने त्यस बेला मन्दिरबाट सबै पार्किङ पाँच÷छ किलोमिटरको दुरीमा रहेको कारण माताको दर्शका लागि आउने बालबालिका, वृद्धवृद्धा, अपागता भएका व्यात्तिहरुलाई सास्ती भएको महसुस गरिएकै कारण यस वर्षको मेलामा सबै वर्गका दर्शनार्थीहरुलाई सहज होस भनी मन्दिर भन्दा डेढ किलोमिटर भन्दा टाढा पाकिृङ स्थल नरहेको उनको दाबी छ ।

मेलालाई प्राविधिमैत्री बनाउने प्रयास भएको देखिन्छ। लाइटिङ एकदमै प्रयोग भएको देखिरहेक छाै , सिसिटिभी क्यामेर, होडिङबोर्ड लगायतको व्यवस्थापन भएको छ यसका अलवा युवा दर्शनार्थीहरुका लागि के कस्ता मनोरन्जनका कुनै कार्यक्रमहरु रहेको छ कि ?

गढीमाई मन्दिरको सजावट, बाटोको सजावट, मन्दिर आसपासको क्षेत्रको सजावट लगायतका स्थानहरुको सजावटका लागि नगरपालिकाले कार्यविधि तयार गरी मेला व्यवस्थापन मूल समेतिका सम्पुर्ण पदाधिकारीहरु विगत दुई महिनादेखि रातदिन नभनी मेलाको व्यवस्थापन तथा तयारीमा लागि परेको र हाल सम्म ९९ प्रतिशत तयारी संम्पन्न भइसकेको उनको दाबी छ । उनका अनुसार मन्दिरको प्राङगण देखि ६ किलोमिटर आसपासका क्षेत्रसम्म लाइटिङ र शैचालयको व्यवस्थो छ ।
मेलाको लगभग सम्पुर्ण तयारी पुरा भइसकेको छ । अब यस मेलामा आउने तयारीमा रहेका दर्शनार्थीहरुलाई के भन्न चाहानुहुन्छ रुमेलालाई भव्य र सभ्य बनाउन स्थानीयद्धारा कस्तो भुमिकाको अपेक्षा गर्नु भएको छ
मन्दिरबाट तीन देखि चार किलोमिटरको दुरीमा रहेको गाउँघरका परिवारसमेत मेलालाई रङ्गीन बनाउन दिन रात लागि परिरहेको बताउँदै उनले भने हरेक पाँच वर्षमा एकचोटी आउने मेलालाई दिपावली पर्वसरह बनाउनु पर्नेमा जाड दिए । नेपालका छिमेकी देश भारतबट सबैभन्दा धेरै दर्शैनार्थीहरु आउने गरेको उल्लेख गर्दै पाकिस्तान, इटाली, बंगलादेस, चिन लगायतका देशहरुबाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको बताए ।

यसरी विभिन्न देशहरुबाट आउने दर्शनार्थीहरुलाई सेवा सुविधा प्रदान गर्न स्थानीय बासिन्दाहरु दिनभर लागि परेको समेत उनले बताए ।

उनले गढीमाई मेलामा गढीमाई माताको दर्शन गर्न आउने तयारीमा बस्नुभएको सम्पुर्ण दर्शनार्थीहरुलाई निर्धक्क भएर कुनै प्रकारको अफवाहमा नपरी आउन गलत समाचारको पछाडी नलागी आउन समेत आग्रह समेत गरे ।
छिमेकी देश भारतबाट माताको दर्शन गर्न आउने दर्शनार्थीहरुका लागि गाडीघोडा अर्थात् सवारी साधनको पनि व्यवस्था छ कि छोजसाहन, छोरादवार, रक्सौल लगायत उत्तरपट्टीको बाटोबाट आउने सम्पुर्ण दर्शनार्थीहरुलाई मेला समेतीद्धारा कलैयाबाट गढीमाई मन्दिर सम्मको भाडा रु ५० रहेकोमा यातायात व्यवसायीहरुसँग भाडामा १० प्रतिशत छुट दिने सहमती भएको जानकारी समेत उनले दिए ।

रागा, बोका लगायतको बली दिने जुन प्रचलन परम्परा देखि चलिआएको छ । सो विषयमा अदालतमा परेको निवेदनमा यहाँहरुको टोली सहमभागी हुनुभएको थियो । बलीको विषयमा अदालतमा के कस्ता छलफल भए त ?

महागढीमाई नगरपालिकाका प्रमुख सहित मेला व्यवस्थापन मूल समेतिका पदाधिकारी, विभिन्न संघ संगठनका प्रतिनिधिहरु, सञ्चारकमी लगायतको विभिन्न क्षेत्रका व्यात्तित्वहरु र्, सहभागी छलफलमा अनैकौ कुराहरु आएको भए पनि मेला व्यवस्थापन मुल समितिले भने पाँच वर्षमा एक पटक मात्रै अदालतको ढोका किन ढकढकाउनुहुनछ । यो पाँच वर्षको अवधीका कहीँ कतै पनि संम्र्पकमा आउनुहुदैन । यो हरेक पाँच वर्षमा आउने गढीमाई मेलामा माताप्रति आस्था, विश्वास भएको भक्तजनहरुले आ–आफ्नो मनोकामना पुरा होस भनेर रांगा , बोका, लगायतको बली दिन्छु भनेर भाकल गरेको हुन्छ । भक्तजन आफैले आफ्नो इच्छाले मनले लिएर बली दिने गढीमाई माताले मलाई यो चाहिँयो त्यो चाहिँयो भनेर नभन्ने भक्तजनहरुको आस्थाकै कारण बली दिने प्रथा परम्परा चलिआएको उनले बताए । आफूहरुले भक्तजनहरुको आस्था अनि विश्वासको सम्मान गर्दै बलि दिने व्यवस्थापन गरिदिने काम गरिने जानकारी गराएको बताए ।

विश्वमा हरेक दिन लाखौंको सख्यामा नभई करोडौंको सख्यामा बलि दिने गरेको बताउँदै महासचिव यादवले ती सबै देश तथा जहाँ–जहाँ पशुको हत्या हुन्छ त्यहाँ आवाज उठाउनुपर्नेमा यो हरेक पाँच वर्षमा लाग्ने महागढीमाईको मेलामा मात्रै अधिकारकर्मीहले पशु बली रोक्नुपर्छ भन्नु अमान्य रहेको दाबी गरे । मेलामा निर्धक भएर आउन समपुर्ण भक्तजनहरुलाई आग्रहसमेत उनले गरेका छन् ।

हरेक पाँच वर्षमा लाग्ने विश्व प्रसिद्ध महागढीमाई पञ्चवर्षीय मेला गत मसिर १ गतेदेखि सुरु भईसकेको छ । मेलामा मसिर २३ गते रांगाको र २४ गते बोका बली दिने जनाईएको छ ।

 

ताजा समाचार

spot_img

थप समाचार