वीरगन्ज, २१ मंसिर । पशुबलीका लागि विश्व प्रसिद्ध बाराको महागढीमाई नगरपालिका वरियारपुरस्थित गढीमाई पञ्चवर्षीय मेला यहीँ मसिर १७ गतेबाट औपचारिक रुपमा सुरुवात भइसकेको छ ।यो मेलाको प्रायोजन गढीमाई मेला व्यवस्थापन मूल समेतिले गरेकाे छ । मेला व्यवस्थापन सम्बन्धी सेरोफेरोमा केन्द्रित भएर नेपाल पोष्ट टिभी वीरगन्जका सहकर्मी मनोज कुमार पटेलले मुल कमेटिका उपाध्यक्ष कैलास महतोसँग कुराकानी गरेका छन् ।
महतो एकदमै पुराना राजनितिज्ञ तथा समाजसेवी पनि हुन् । उनले लामो समयदेखि गढीमाईको पञ्चवषीैय मेलाको व्यवस्थापनको अनुभव बटुल्दै आएका छन् । कुराकानीको मुल अंशहरु
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा गठित मेल व्यवस्थापन मूल समेतिमा तपाई जस्तो अनुभवी व्यात्ति पनि सहभागी हुनुहुन्छ । यस टिममा आवद्ध सम्पुुर्ण पदाधिकारीहरुको बारेमा तपाई के कसरी टिप्पणी गर्न चाहानुहुन्छ ?
नगरपालिकाको प्रमुखको अध्यक्षतामा गठित मेला मुल व्यवस्थापन समितल नगरपालिकाको निर्णय अनुसार नै कार्यविधि तयार भएको बताउँदै मुल समितिका अवला विभिन्न किसिमका उपसमिति समेत बनेको र ती सबै समेति, उपसमेतिमा आवद्ध सदस्यहरुले आ– आफ्नो ठाउँबाट काम गरिरहेको उपाध्यक्ष महतोले बताए ।
उनका अनुसार “मेला व्यवस्थापनका लागि गठित मूल समितिमा अध्यक्ष उपअध्यक्ष, सचिव, कोषाधयक्ष, लगायतका सदस्यहरु गरी एक सय एघार जना रहेका छन् । त्यसैगरी १५ जना सदस्यहरु रहेको एक आर्थिक समेति पनि रहेको र ती समेतिले मेलाको आर्थिक गतिविधिलाई नियालिरहेको ती सबै पदाधिकारीहरुले आफूप्रति एकदमै सम्मान, विश्वास गर्नुका साथै आफूसँग भएको अनुभवहरु लिने गरेका छन् । ”
आर्थिक समितिले कतिको पारदर्शिताका साथ काम गरिरहेका छन् ? गढीमाई मन्दिरमा जुन आम्दानी भईरहेको छ त्यसको सदुपयोग कसरी भइरहेको छ ? भ्रष्टाचारको कतिको सम्भावना रहेको छ ?
विभिन्न स्रोतमार्फत गढीमाई मन्दिरको नाममा प्राप्त रकम विधिवत रुपमा गढीमाईको खातामा राखिने र जहाँ जति खर्च गर्नु पर्छ त्यहाँ खाताबाट नै खर्च हुने जस्तै विद्युतको महसुल दिनहोस या रांगा समितिलाई दिनहोस या खानेपानीको महसुल बुझाउनुपरोस भुत्तानी गनुपर्ने जति सबै ठाउँमा बैंकको चेकमार्फत् नै भुत्तानी दिने गरिएको छ । जसमा हिनामिना हुने कुनै शंका नरहेको उनको दाबी छ ।
यो भन्दा पहिला पनि गढीमाई विकास समितिको नेतृत्वमा मेला लाग्दा पनि र आज पनि तपाई हुनुहुन्छ पहिलाके मेलाको तुलनामा अहिलेको मेलामा आर्थिक पारदर्शिता, लगायतका विषयमा के भिन्नता पाउनु भएको छ कि ?
पहिला गढीमाई विकास समितिद्धारा लागेको मेलामा आफूले काम गरेको बताउँदै उनले भन,े“ उबेलाको मेला र यो बेलाको मेलामा आकास पतालको फरक छ । ”
उनका अनुसार स्थानीय सरकाको नेतृत्वमा प्रदेश सरकार, सघ सरकारको सहयोग रहेको छ । प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिहरु अवलोकन, भ्रमणमा आइरहेका छन् र गढीमाई मन्दिरको विकासका लागि सहयोगका कुराहरु अगाडी बढीरहेको र प्रदेश तथा संघ सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेको छ ।
गढीमाई मन्दिरको सजावटदेखि पार्किङ, शौचालय, खानेपानी, भोजन, स्वास्थ्य, शान्ती सुरक्षा, खेलकुद मनोरञ्जन। सिसिटिभी फुटेजको निगरानी लगायत विविध विषयको व्यवस्थापन एकदमै आधुनिक तवरले भएको उनको भनाई छ ।
मन्दिरलगायत आसपासका क्षेत्रका सजावटको विचार कसरी आयो र घर–घरमा पनि सजावट गरिएको छ कि ?
यो सजावतका आइडिया आफूसँग नभएको भन्दै पाँच वर्षमा एकपटक लाग्ने मेलालाई पनि दिपावली पर्व सरह बनाउनु पर्छ भनेर मेयर स्वयम्को सक्रियतामा यो सबै सजावट भएको उनले बताउए । उनका अनुसार मन्दिर, बाटोघाटो, पोखरी बोटविरुवा लगायत सजावटका सम्पुर्ण तयारी मेयर यादवले गरेका हुन् ।सबै पसलमा डिजिटल कार्ड, क्युआर कोड सहितको फोटो सहितको कार्ड हर पसलमा दिइएको छ । मेलामा सिसिटिभिको निगरानीमा मेला लागीरहेको छ । यो सब देखेर गढीमाई माताको दर्शन गर्न आइरहेका स्वदेशी तथा विदेशी भक्तजनहरुले यस वर्षको मेलामा माताको दर्शका साथमा खेलकुद मनोरञ्जन समेत पाइएकोमा एकदमै हर्षित भएर मेलाबाट फर्किने गरेको उनको भनाई छ ।
मनोरञ्जन लागि विभिन्न खेलहरु सुरु भइसकेको र ती खेल हेर्न टिकटको व्यवस्था रहेको र सिमित व्यात्ति मात्रै प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको उनले एनपीडीसँगको कुराकानीमा बताए ।
उनका अनुसार “बाहिरबाट आउने व्यापारीहरुका लागि पाँच वर्ष पहिलो जुन भाउमा जग्गा उपलब्ध गराइएको थियो त्यहीँ भाउमा यस वर्षको मेलामा पनि जग्गा उपलब्ध गराइएर्को छ साथै यस वर्षको मेलामा जुताचप्पल, लुगाकपडा, किराना पसल, खेलौना, लगायत विभिन्न आईटमको छुट्टा–छुट्टै जग्गा प्लटिङ गरिएको छ । पहिलाको मेलामा जस्तौ हरेक चिजबस्तु एकैठाउँमा पाइने छैन । ।”
यो भन्दा पहिलाको मेलामा एकै व्यात्तिले व्यापारका लागि ४÷५स्टलहरु लिने र आफूले लिएको रकमको दोब्बर रकम लिएर दोस्रो व्यात्तिलाई बेच्ने प्रवृति चलिआएकोमा यस वर्षका मेलामा व्यापारीको स्टल खरिद बिक्रि सम्बन्धी के कस्तो व्यवस्था रहेको छ ?
पहिलाको मेला चलिआएको पुरानो स्टल खरिद त्रिक्रीलाई नियन्त्रणका लागि जग्गाको प्लटिङ गरिएको र सबै पसल सञ्चालकलाई फोटोसहितको पान कार्ड प्रदान गरिएको बताउँदै यदि कहिँ कसैले त्यस्तो गरेको गुनासो समेतिसमक्ष आएमा मेला व्यवस्थापन समितिद्धारा निर्धारित दण्ड तथा सजाय गरिने उनले एनटिभी वीरगन्जमार्फत जानकारी दिए ।
गढीमाईको मेला गएर माताको दर्शन गर्नुका साथै मेलामा व्यापार गरेर आम्दानी पनि हुने अपेक्षा राखेर कतिपय व्यापारीहरु मेलामा आईसकेको र कतिपय आउने क्रम जारी रहेको छ । ती व्यात्तिहरुलाई के भन्न चाहानुहुन्छ रु
मेलामा धेरैजसो व्यापारिक आएर आ–आफ्नो व्यापार सुरु गरिसकेको र कतिपय नयाँ–नयाँ व्यापारीहरु आउने क्रममा रहेको छ । नयाँ आउने व्यापारीहरुका लागि पनि जग्गा उपलब्ध गराउृन अर्थात
स्टल उपलब्ध गराउन समिति तत्पर रहेको उल्लेख गर्दै गढीमाईको मेलामा निर्धक भएर आउन आफ्नो इच्छा अनुसारको व्यापार गर्न उनले आग्रह समेत गरे । उनले ने, “अहिले पनि स्टलहरु बाँकी रहेको छ । मेलामा व्यापार गर्न आउन चाहानेहरुका लागि जग्गाको कमी नहुने उनको भनाई छ । यस वर्षको गढीमाई मेलामा व्यापार पनि राम्रोसँग हुने उनले विश्वास व्यक्त गरे । हरेक दिन मेलामा दर्शनार्थीहरुको चापँ बढिरहेको उनले जानकारी दिए ।
भक्तजनहरुकाे आस्थाको रुपमा रहेको बली प्रथाको विषयमा के भन्न चाहानु हुन्छ ?
गढीमाई मेलाको आकर्षण भनेको नै पशुबली रहेको बताउँदै उनले भने गढीमाई माताले मलाई यो बली देउ त्यो बली देउृ नभन्ने मानिसहरु आफ्नो मनले आ–आफ्नो इच्छा चाहना, समस्याको सामाधन, छोराछोरी नहुनेलाई माताको कृपाले सन्तान प्राप्त होस, लगायतका मनको मनोकामना पुरा होस भनेर भक्तजनहरुले आफैले आफ्नो मनले रांगा, बोकाको बलि परेवा उडाउने, मिठाई चढाउने लगायतको भाकm गरी आ–आफ्नो भाकल अनुसारकै गढीमाई मातालाई अपर्ण गर्ने गरेको बताए । यस विषयमा आफूहरुको कुनै हात नरहेको उनले दाबी गरे । पशु अधिकारकर्मीहरुले आवाज उठाईरहेको उल्लेख गर्दै हरेकपाँच वर्षमा आउने मेलामा मेला लागेको साल मात्रै पशुअधिकारकर्मीहरुले पशुबली दिनु गतल भनेर अदालतको ढोका ढक्ढकाउने तर मेला सकिएपछि फेरी अर्को मेला नलागेसम्म सबै अधिकारकर्मीहरु सुनसान बस्तने गरेकोले यो मेलाको महत्व र चर्चा विश्वमै रहेकोमा भक्तजनहरुको आस्थालाई समाप्त गर्न नहुनेमा उनले जोड दिए ।
बली प्रथा हटाउन मेला लागेको एक महिना मात्रै आवाज उठाएर समस्याको सामाधान नहुने बताउँदै उनले मेला हरेक पाँच वर्षमा एकपटक एकमहिना लाग्ने गरेको र उक्त पाँच वर्षभरी रांगा बोकाको बलि दिनुको सट्टा मिठाई चढाउने गर्नुहोस भनेर सचेत गर्न आवश्यक रहेको समेत बताए ।
पशु बलिका लागी विश्वमै पसिद्ध महागढीमाईको महामेला २०८१ को मसिर २३ गते रांगा र २४ गते बोकाको बलि दिइने छ ।