spot_img

गढिमाई मेलामा कृषि प्रदर्शनी: मुख्यमन्त्री सिंहद्वारा अवलोकन

spot_img
spot_img

विश्वप्रसिद्ध गढिमाई मेलामा कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनीको अवलोकन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले कृषि क्षेत्रमा नवप्रवर्तन र प्रविधिको प्रवर्द्धनका लागि यस्ता प्रदर्शनीले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ।

मुख्यमन्त्री सिंहले प्रदर्शनी आयोजनाका लागि कनेक्ट किसानलाई धन्यवाद ज्ञापन गर्दै कृषि विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको छ। उहाँले मधेस प्रदेश सरकारले छिट्टै प्रदेशस्तरीय कृषि प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिँदै कनेक्ट किसानलाई सो कार्यक्रममा सहकार्यका लागि अनुरोध गर्नुभएको हो।

प्रदर्शनीमा विभिन्न आधुनिक कृषि प्रविधि, कृषि यन्त्र, मल तथा बीउबिजनका नमुना राखिएको थियो। यसले कृषकहरूलाई नयाँ प्रविधि र विधिबाट लाभान्वित गर्ने अपेक्षा गरिएको छ।

कनेक्ट किसानकी अध्यक्ष सञ्जीता लामिछानेका अनुसार, कृषि प्रदर्शनीले किसानहरूलाई नवीनतम प्रविधिसँग जोड्न र उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। गढिमाई मेलामा सहभागी दर्शक र कृषकहरूले प्रदर्शनीलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

उक्त प्रदर्शनीमा स्थानीय कृषक, उद्यमी, र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको व्यापक उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय